नौलो प्रयास

Posted: May 15, 2007 by Prajwol in Randomization of randomness

ब्लग लेख्न सुरु गरे देखि मैले यो विश्व व्यापी जालोको बारेमा धेरै कुरो सिक्दैछु। हुनत म कम्प्युटर जान्दै नजान्ने मान्छे त होइन, तर समय सङ्गै चल्न नसकेको हुनाले एक बिहान उथ्दा “हरे मैले कम्प्युटर बिज्ञानमा केही प्रगती गर्न सकिन” जस्तो लाग्यो। मलाई अझै पनि याद् छ ति दिनहरु जब म मेरा सहपाठिहरुलाई पावर पोइन्ट प्रिजेनटेसन तथा एक्स्केल् को ग्राफ बनाउन पनि सिकाउन्थे। कुरा के भयो भने मेरो कम्प्युटर पर्‍यो पेन्टिएम् प्रो, हार्ड दीस्क् जम्मा २ गिगा बाइट् र CPU १६६ MHz, अप्ग्रेड गर्न मदरर्बोद् पुरै फेर्नु पर्ने। एक बर्ष अघी किनेको कम्प्युटर बनाउनु पर्‍यो भन्यो भने बा ले मन्ने कुरै भएन। नयाँ नयाँ सफ्टवेरहरुलाई मैले मेरो कम्प्युटरमा राख्न सकिन। मेरा साथीहरुले फ्लाश्, द्रिमवेवर्, फोटोसप चलाऊन्दा म कम्प्युटरमा क्रिकेट् खेलेर बस्थें। आफु भन्दा पछि कम्प्युटर किन्ने पो झन् जान्ने भएर निस्के। :(

स्नतक् तह्को अध्ययन सुरु गरे पछि खासै कम्प्युटर प्रति रुची भएन, बरु SAS, GIS जस्ता सफ्टवेरहरुमा दक्षता हासिल् गर्दै गएं। अहिले ८ देखि ५ काम हुन्छ बाकी समय फुर्सद हुने भएकोले यो ब्लगको भूत् चलेको हो। तेही सिलसिलमा आज नेपालीमा टाईप गरेर हेर्न रहर् लाग्यो। मैले कापीमा नेपाली लेख्दा त पुरै गल्ती हुन्छ, मेरो नेपाली जाँच्ने मिस् को रातो मसी पुरै सखाप् हुन्थ्यो रे ;) , अब यो युनिकोडमा लेखेको के पाएर सुद्ध् हुन्छ होला र। हुन त मैले १ घण्टा लगाएर लेखेको २ मिनटमा पढेर सकिन्छ, तर जे होस् आज मैले अर्को नौलो काम गर्न सिकें: नेपालीमा टाईप गर्न। :D

यो चाँही पछी थपेको है।

मैले गूगलले कसरी मेरो ब्लगसँग मिल्दो जुल्दो बिज्ञापन रख्दो रहेछ भनेर हेरें, शब्द बिज्ञापनहरु धेरै हद् सम्म मेरो ब्लगको सामाग्रीसँग मिल्दो जुल्दो रहेछ। ल शब्द बिज्ञापन त “की वर्ड” हरु म्याच् गरेर मिलायो होला, अब मलाई तस्वीर बिज्ञापन कसरी मिलौंदो रहेछ भनेर हेर्न रहर् लाग्यो। तस्वीर बिज्ञापनको कोड साइटम राखे पछि मिल्दो बिज्ञापन राख्छ भनेको थियो गूगलले, कस्तो बिज्ञापन आउला भन्ने खुब चाख थियो। रखेको १ दिन् सम्म केहि आएन, तर आज युनिकोडमा टाइप गरेर पब्लिश् गर्ना साथ आयो : पन्जाबी, मराथी, तथा गुजरातीहरु को अनलाइन विवाहा गर्न केटा/केटी खोज्ने साइट। गजब छ बा युनिकोडमा टाइप गर्यो भन्दैमा त्यो बिज्ञापन किन आएको होला? गूगल महाराज मेरो साइटमा पन्जाबी, मराथी, तथा गुजरातीहरुलाई बिहे गर्ने कोहि आउल जस्तो त लगेन मालाई :D

अर्को अप्देट्

मैले गूगल् लाई गाली गरेर पबालिस् गर्ना साथ त्यो बिज्ञापन गयो, लौन गूगल् त साह्रै स्मार्ट पो रहेछ। अब यो पबलिस् गरे पछी कस्तो रियाक्सन आउला भनेर कुरेर बस्दिन्, सुत्ने बेला भयो अब भोली हेर्छु।

Comments
  1. Keshab Ghimire says:

    jiban bhanekai kehi kura sikne ta ho
    janmadai kasle po sikera aayeko hunchha ra. sabaile pachhi siokne ta ho ni hoina ra ??

  2. nnepali says:

    Hey how easy is it to type in Nepali ??

  3. Prajwol says:

    Yes keshab we never are born with all these skills, but my point was how late?
    NNepali I used http://www.unicodenepali.com/convert/ to type in Nepali, man it was tough for me to start with.

  4. Lunatic Calm says:

    blogspot itself has a transliteration button that you have to enable in the settings. Its actually hindi language but works just like nepali, except you dont get all the characters of nepali. i was thinking i would write some post in nepali but have just written a sentence. Its easy but im just not that energetic.

  5. unfoldingreverie says:

    राम्रो प्रयास। नेपालीमा लेख्दा आउने मज्जा अंग्रेजीमा लेख्दा कहाँ आँउछ र? यो प्रयास जारीनै राखुम, है।

  6. Utshab says:

    Hey bro, i had also tried once upon a time to write in Nepali but i found much difficult so, left that idea. But, now reading ur blog, my courage has grown up one more time. Let’s see, i get how much success?

  7. qeepak says:

    dear i rieding your message this is very nice i like so much

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>