आखिर सपना नै त हो

हिजो मात्र हो जस्तो लाग्छ संविधान सभाको चुनाव सम्पन्न भएको, हेर्दा हेर्दै २० बर्ष भैसकेछ। सुरुका दिनहरु त्यति सहज थियनन्, चुनाव भयो अनि जिते तेहि नेताहरु, राजनैतिक किचलोहरु काएम नै रहे। तर राम्रो संविधानको निर्माणसंगै दन्दहिणताको स्तिथि भने रहेन, राम्रो कामलाई पुरस्क्रित गर्ने परम्परा बस्यो। आखिर केहि समयको कुरा त थियो नि, जनतामा बिस्तारै बिवेक बढे पछि नेताहरुको चयन नामले होइन कामले हुन थाल्यो। आफ्नो भविश्य नेपालको अन्योलले असुरक्षीत थानेर बिदेशियका म जस्ता धेरै नेपाल फर्किन थाले, अनि साथमा लिएर आए अमुल्य अनुभावहरु। आजकाल पहिला कहिलै नभएको बेस्तता छ मेरो, प्राधापकको जागिर बाहेक अफ्नै एउटा कन्सल्टिन्ग कम्पनी अनि बृहत राष्ट्रिय विकास आयोगको सदस्य। ‘बृहत राष्ट्रिय विकास आयोग’ एक राष्ट्रिय समिति हो जो नेपाल सरकारको लागि think tank को रुपमा काम गर्छ। आज तेसैको Meeting को लागि जानु छ १० बजे।

नया नेपालको निर्माण संगै नेपाली शब्दकोशबाट “नेपाली टाईम” भन्ने शब्द हटेको हुनाले हो कि सबै जाना ९:३० मा नै आईपुगि सकेछन्। कार्यक्रमको सुरुमा निति निर्माण तथा समाजशास्त्री प्रो रुपक थपलिया र भुगोल तथा समाजशास्त्री प्रो सबिन निन्ग्लेखुको कमिटिले अध्यागमनको नया निति प्रस्तुत गर्नु भयो। नेपलमा ब्याप्त गैरकानुनी अध्यागमनको समस्या धेरै बिकराल हुन थलिसकेको थियो, कामको खोजिम विश्व भरिका मनिसहरुको ओहिरो थियो, बिशेष गरि भारतिय र चिनिया को। भारतिय नगरिकहरुलाई पनि भिसा लिनु पर्ने तथा हरेक नागरिक तथा कानुनी रुपमा नेपालमा रहेका बिदेशी कामदारहरुलाई Biometric Identification Card वितरण गर्नु पर्ने सुझाव दिनु भयो (जो सुकैलाई काम दिँदा biometric card जाँच्नु पर्ने)। खुला सिमानामा छेकबार लगाउनु भन्दा गैर कानुनी कामदारलाई काम नादिनु नै राम्रो उपाय देखियो।

त्यस पछि पर्यटन बिशेषज्ञ डा. अभय कान्त सिग्देल अध्यक्ष रहनु भयेको कमिटिले अफ्नो निति प्रस्तुत गर्यो। गैर कानुनि आप्रवाशी समस्याको कारण आन्तरिक पर्यटनमा जोड दिनु पर्ने आवश्क्ता उहाँले औँलाउनु भयो। नराम्रा परिपाटीलाई त्याग्दै विकास संगै अफ्नो परम्परालाई पनि कायम राख्न खोज्ने समुदायहरुलाई दिइने बिसेष Incentives हरुको विवरण दिनु भयो। प्रकृति तथा वातावरण बिशेषज्ञ डा. प्रभा लभाजु संगको संयुक्त प्रयासमा इकोटुरिज्मको नया निति पनि डा. सिग्देलले प्रस्तुत गर्नु भयो।

त्यस पछि प्रो. प्रभात लामिछाने र डा. बिक्रम श्रेष्ठको कमिटिले वातावरण प्रदुर्शणको बारेमा प्रस्तुत गर्नु भयो। नेपालको वायु प्रदुर्शणको मापदण्ड WHO को मापदण्ड भन्दा माथि रखु पर्ने कुरा प्रो. लामिछाने ब्य्क्त गर्नु भयो र तेसको साथै उहाँ तथा उहाँका बिधार्थीहारुले आविस्कार गरेको नया Air Filter को बारेमा जानकारी दिनु भयो। डा. श्रेष्ठले नेपालको Groundwater मा ब्याप्त Arsenic तथा Mercury समस्याको समाधान Salicornia विरुवा द्वरा Phytoremediation को माध्यमले गर्न सकिने उहाँको खोज बारे जानकरी दिनु भयो।

पुर्व पष्चिम ४ lane को १००० कि मि सिधा राजमार्गको निर्माण पछि, ई. जुवेल श्रेष्ठ र ई. ललित मान महर्जनको टोलिले मुख्य हिमालहरुको Base Camp सम्म भुमि मुनि बाट पुग्ने शक्तिशाली रेलको लागि लिग निर्माणको महत्वकाँक्षि गुरु योजनाको बारेमा जानकारि दिनु भयो। नेपाल टेलिकमका डाइरेक्टर ई. सुमित थापाको संयोजकतामा बनेको कमिटिले देशमा सबै घरलाई Free Landline सुविधाको वितरण पछि अब देशको हरेक कुनामा Free WiFi वितरण संभन्दि अफ्नो योजनाहरु प्रस्तुत गर्नु भयो।

म र प्रो. असिम बाँस्कोटा रहेको कामिटिले देश ब्यापि रुपमा १९७२ देखि हाल सम्मको Landuse Classification सम्पन्न गरि तेसको रिपोर्ट प्रस्तुत गरौँ। अब सबै नागरिकहरुले Internet मा नेपालको कुनै पनि ठाउँको Spatial & Temporal Landuse हेर्न सक्छन् र आफ्नो इच्छा अनुसार Interactive Internet Platform मा manipulation पनि गर्न सक्छन्। देशको कुन भागमा कति खनिज छ, कुन ठाउँमा Groundwater कति छ, कुनै ठाउँको Plant Biomass कति होला, गाउँमा बाटो लैजान कुन ठाउँ बाट लगे छरितो हुन्छ, दैवि प्रकोपको बेला उद्धार गर्न कुन मार्ग जाँदा सजिलो होला इत्यादीहरु को Analysis सजिलै हुने भयो।

कार्यक्रममा अरु यस्तै धेरै कुराहरुको चर्चा भए, सकिएका कामहरुको सरकारले बिस्तारै औपचारिक रुपमा उद्घाटन गर्छ अनि गर्नु पर्ने भनेर पेस गरिएका योजनाहरुका लागि बजेट बिनियोजन गर्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा छलफलको लागि प्रस्तुत गर्छ।

यस सपनाका सबै कलाकारहरु काल्पनिक हुन, कसै संग मेल खान गए संयोग मात्र हुने छ ;)

अप्देट
यो ब्लग लेखि सकेर एसो अरुहरुको ब्ल्ग पनि चाहर्दै बस्दा
मनोज गजुरेलको एउटा लेख फेला परें। उहांको सोच नया नेपलको बारे मेरो जस्तै रहेछ, खुशी लाग्यो :D

Advertisement

12 Comments on “आखिर सपना नै त हो”

  1. nepalsites says:

    daydreamering can be fun sometimes.

    but like they say – if you want your dreams to come true, then WAKE UP!!!

  2. nnepali says:

    Does anyone have a clue to how much it will cost to implement bio id card in Nepal ?? I know the cost in Britian has gone over the roof !!!

  3. unfoldingreverie says:

    साथि, लौ गजब छ। तर म त यो असम्भव देख्दिन। गजुरेलको लेख त मेरोसंसारमा पनि पढेँको थिँए। अलि बढि काल्पनिक र बिकाशे छ। तपाँईको सपना चाँहि पुरा होला जस्तो छ। हैन, मेरो नाम पनि प्रो. मा राखि दिएको भए हुन्थ्यो नि! :) बिषय चाँहि अर्थशास्त्र।

    मैले पनि चिने जानेका केहिहरुको नाम डा., प्रो. मा देख्दा त झनै मज्जा लाग्यो। तर सबै केयू र SIUE ग्राजुएटहरु मात्र हुनु हुँदो रहेछ, काल्पनिक नै सहि। नामै कल्पना गर्नु परे पछि अलि समाबेशी भएको भए सुनमा सुगन्ध हुन्थ्यो कि? तराईमुलका कसैको नाम देखिन। कि तराई स्बतन्त्र भैसक्यो? :P

    अनि यो Biometric Identification Card चाहिँ केहि बुझिन, लौन प्रोफेसर साव, एक लेक्चर जावस्। :D

    Happy weekend !!!

  4. Prajwol says:

    Mr. LOL जी,

    बाफ रे तपाइ त मेरा सबै साथिहरुलाई चिन्नु हुंदो रहेछ :P …अब थाह पाइ हल्नु भयो किन ढांट्नु, जस जस को नाम समावेस गरें उहांहरु संग हालसालै कुरा गरेको थियं त्यसैले लेख्दा उहांहरुकै याद आयो, अनि तेहि भएर उहांहरुको education or profession or interest संग मिल्ने उपाधि झुण्डाइ दिएको……अर्थशाष्त्रमा तपाइंको interest छ भन्ने थाह भएको भए प्रो. LOL लगाइदिहाल्नु हुन्थ्यो…खैर अब अर्को पाली ;) ….सर्सति हेर्दा तराई मुलका कसैको नाम रहेनछ, खास के भयो भने उहांहरु सबै राष्ट्रिय सभा र प्रतिनिधि सभामा ब्यस्त हुनु हुन्छ क्या ……

    Biometric Identification Card मा धेरै information राख्न मिल्छ, आजको ग्लोबल युगमा यसको आवश्कता अपरिहार्य नै भै सक्यो, कि संसारमा एउटा मात्र देश हुनु पर्यो….आफ्नो बिधा परेन तेसैले धेरै ज्ञान भएन :) यो link ले ब्रिटेनको उदाहरण दिन्छ …….. Happy Weekend to you too

    NNepali,
    Fianacial constraint is pretty evident when applying this card

    NepalSite, thanks for your comment. I agree, to achieve sth dreaming alone won’t be enough. But to attain certain targets one definitely needs dreams and vison.

  5. Gurkhahere says:

    To dream anything that you want to dream: that is the beauty of human mind भनेर कते पदेको थिए। प्रज्वल ले आज त्यो भनाइलाई सार्थक् गर्‍यो। जहाँ सम्म यो सपनाको कुरा छ, Wi-Fi र Tunnel जस्ता सपनाहरु धेरै टाढा भएपनी त्यो ‘बृहत राष्ट्रिय विकास आयोग’ चाँही म सम्भब् देख्छु है। हामी जस्ता पदेलेखेकाहरुले राष्ट्रको स्वार्थलाई माथि राख्यौ भने त हामीले धेरै प्रगती गर्न सक्छौ जस्तो मलाई लाग्छ।

    तर प्रज्वल, हाम्रो अर्थशास्त्री मित्रलाई पनी समावेश् गर है आयोगमा। अर्थशस्त्री मित्र, तपाईं चाँही KU को कि SIUE को? कता कता Xavier’s को हो कि जस्तो पानी लागिराछ।

  6. Nepali says:

    PS: I forgot to comment you on your new design… Green and environmentally friendly.. I like it.. !! but why the frog…???

  7. unfoldingreverie says:

    Prajwol Ji,

    धेरै धन्यबाद Biometric Identification Card को जानकारी र लिङ्कको लागि र अब देखि प्रो. LOL लाई पनि नछुटाउने बाचाका लागि। :D

    Gurkhahere Ji,

    मलाई पनि आयोगमा समावेश् गर्ने सल्लाहको लागि आभारी छु। तर त्यो तपाँईलाई कता कता लागेको कुरा मलाई चाहिँ कता कता मिलेन जस्तो लाग्यो। KU, SIUE, Xavier’s कतैको पनि हैन, लौजा ;) (तपाँई चाहिँ तिन ओटैमा पढ्ने पर्नु भयो कि क्या हो?)। तर सोधखोज गर्दै गए, सँगै बसेर जाँड खाएको पनि हुन सक्छ है, त्यो कुरा भने बेग्लै हो। ;) कुनै नाम फुरेमा मेरो ईमेल ठेगानामा (unfoldingreverie@gmail.com) लेखौँ है, कुरा त्यतैबाट मिलाउँला। :D

    प्रो. LOL :)

  8. Prajwol says:

    Prof. LOL,

    I think I know you now, but I promise the confidentiality. I guess Rupak will email and verify that.

    NNepali,

    Thanks for the design compliment. I had Green Frog there as it matches my theme of “On the Journey”. Like it adjusts with it’s color in it’s niche, I have adapted to the foregin environment. And like it jumps short distances but can’t make a giant leap, it’s story of my life too :D

  9. Salik says:

    Prajwolji, I think the frog symbolises you coming out of the well of a small country to the outside world- like you wrote in one of your posts.

    Yes- one day you’ll surely come back to your country and contribute. I only wonder why our politicians don’t open up and provide dual-citizenship to Non-Resident Nepali citizenries.

    That would have paved way for the realization of such wonderful dreams that we all have in our deep hearts.

  10. ...... says:

    Keshuvko said:….

    It’s okay Prajwol. I had written about biometric ID card and had said something to Mr. LoL. :) But it’s okay.
    By the way, you borrowed my Mr. LoL and metamorphosed him into Prof. LoL. :) Alike you, I too believe that I know him. But let him be anon. till the cows come home. :P

    And, I am not much worried about the name. Because he has promised that he would meet me before leaving the country.(Will you keep your words, btw? :) ) Also, if you google-search him, you will reach another blog of his, where swanks (sic) the name with three syllables. Lol is synonynomous to the freaky almighty. :) If I am wrong, let me correct!
    All the best
    Have you ever read me? If not, do it now. :)

  11. Nnepali says:

    With time and with some progress ‘on the journey’, I hope you will soon evolve into a kangaroo !! :)

  12. unfoldingreverie says:

    Hello Keshuvko,

    Yes, now I got promoted to Prof.. :) Thanks to Prajwol.. :D

    If you have read one of my previous posts, I have written: promises are meant to be broken.. ;) Should I keep my promise? ha..ha..ha.. But will try to keep that.. I am not a politician.. :P

    I did not get anything about you googling my name and getting my another blog.. Believe me, I am not having another blog.. and I have absolutely no idea which blog you are referring to. May be, I should help you save your time giving my real identity.. Will write you an email about this..

    Sorry Prajwol, this comment went beyond the discussion of your blog and post..

    Prof. LOL :)


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.