अभिभावक हो, सन्तानलाई नबुझी अमेरिका नपठाउ
Posted: June 26, 2007 Filed under: News/information and opinion 6 Comments »हरेक कुरा को राम्रो र नराम्रो पक्ष हुन्छ, अमेरिका पढ्न आउनु को पनि त्यस्तै छ | मेरो ग्रयाजुयट पढ्न अमेरिका आउंदा उमेर २४ बर्षको थियो, अलि कति भए पनि परिपक्क्ता आइसकेको थियो | एउटा सेमेस्टरको पैसा त घरबाट नै ल्याएको थिएं, बांकिको जगेदा गर्न सार्है दुख: गर्नु पर्यो | धन्न ग्रयाजुयट लेभलमा Assistantship को मौका हुने हुनाले सजिलो भयो, मैले अर्को सेमेस्टर Assistantship पाएं अनि दुख: गरेको पैसाले गाडी पनि किनें
| नेपालमा गर्नै नपर्ने धेरै काम बांच्नको लागि यता गर्नु परे पनि नेपालमा बसेर मैले (not generalizing) सिक्नै नसक्ने धेरै कुरा पनि सिकें | विदेशी भएर बसे पछि पो आफ्नो देश भनेको कस्तो हुन्छ भनेर बुझें, साधारण अमेरिकि को जस्तै समस्या को वाबजुद थप immigration status maintain गर्नु पर्ने पनि pressure; नेपालमा भए त कमसेकम immigration status को चिन्ता त हुंदैन थियो | नेपालमा आर्काको मुख ताक्ने बानि भएको म आफ्नो काम आंफै गर्ने भएर निस्कें, यो मेरो अमेरिका बसाईको सबै भन्दा ठुलो उपलब्धि हो | नेपालमा पुर्खौली रुपमा हुदैं आएका कतिपय काम गलत रहेछन भन्ने आभास पनि यतै आएर भयो |
अभिभावकहरु आफ्नो सन्तानलाई अमेरिका पढ्न पठाउन होडबाजी नै गर्छन नेपालमा, १ सेमेस्टरको पैसा पठाए बांकि उतै सजिलै हुन्छ भन्ने भ्रम छ उनिहरुलाइ, अनि Freedom को खोजीमा केहि नबुझी हामफल्छन केटा-केटीहरु पनि | पढाइ धान्न बाउले गालि नगरेका सन्तानहरु भारतिय र चिनिंया साहुको हप्कि खांदै काम गर्छन्, गैरकानुनि रुपमा काम गरे पाछि हप्कि त सुन्नै पर्यो नि | दिनको १२ घण्टा लगातार heavy काम गरेर तिन महिना भित्र घण्टाको $६ (in average) को rate ले अफ्नो २ सेमेस्टरको लागि कम्तिमा पनि ७-१० हजार जम्मा गर्नु पर्ने हुन्छ | लौ आफैं हिशाब गरौं, त्य्त्रो दुख: गरेर पनि पैसा पुराउन गार्हो | तर एउटा राम्रो पक्ष भने छ यसमा, नेपालमा जस्तै मखण्डि भए पनि कामले सुधार्छ यता, कुनै काम ठुलो सानो हुंदैन र जन्मले कोहि ठुलो हुंदैन भन्ने राम्रो पाठ सिक्छन सबैले |
मैले अमेरिका पढ्न नाअउ भन्न खोजेको हैन, तर visa पाउनुनै ठुलो कुरा मन्ने नेपाली प्रविर्तिको बिरोध गरेको हो | अमेरिकामा हजारौं Universities हरु छन्, त्यसैले राम्रो संग आवेदन दिए Scholarship पनि पाइ हालिन्छ, त्यसैले बल visa पाउन भन्दा Scholarship पाउन तिर दिनु पर्यो | मेरो बिचारमा राम भरोसे भन्नु भन्दा नआउनु नै जाति | यदि Scholarship बिना आउनु नै छ भने undergraduate मा हैन graduate लेभलमा आउनु | ग्रयाजुयट लेभलमा आउने एक त परिपक्क पनि हुन्छन अर्को पढाइको अवधि कम भएकोले ऋण गरेर भए पनि धान्न सकिन्छ | मेरो यो सल्लाह पढ्न खोज्नेहरु लाइ मात्र हो है, पढाइको निंहुमा आएर गैरकानुनि रुपमा काम मात्र गरेर बस्न रुचाउनेलाई मेरो भन्नु केहि छैन |
I agree with this article.
Ya you are right
Tettikai nabuji america pathaunu hunna
america ma gaye ta kam garna paihalinnachha ani paisa kamaudai padhula bhanne Nepaliharuko soch hunchha tyo bhaneko Nepalile aakha nadekhnu nai ho
America kasto rahecha yehi aayera matra thaha huncha
one has to think twice thrice before heading for US
its a big transition
Thakai ho Thakai ho …
Bidesh ma testai ta ho ni…
sabbie ko life KU ko jasto kaha huncha ra …
PRAJWOL JI ………
विनय सर….
KU मा बिताएका समयहरु त….
सार्है रमाइला र अविस्मरणिय पो थिए त….
तेस्तो सायद कहिले नहोला अब….