Wake up people !!!
Posted: August 15, 2007 Filed under: Creeping frustrations 10 Comments »
आजकाल अनलाइन नेपालको खबर पढ्न बस्यो कि, संधै कम से कम चार वटा जति हेडलाइन त बन्द, हड्ताल, अनसन,बिरोध, हत्या आदि बारे हुन्छ । अस्ति जस्तो मात्र लाग्छ राजा बिरेन्द्रले नेपाललाइ शान्ति क्षेत्र घोषणा गरेको ।
कसैलाइ केहि समस्या पर्यो अनि एक्लै सिंहदरवार अगाडि धर्ना दिन गयो भने कसैले वास्ता गर्दैनन्, तर सामुहिक रुपमा धर्ना दिए संबन्धित व्यक्तिहरु को ध्यनाकर्षण गर्न सकिन्छ । यहि कारणले होलान् नेपालमा त्यति धेरै पार्टी, संगठन, युनियन आदि बनेका, तर ति पार्टी, संगठन, युनियनहरु ले के आफ्ना सबै सद्स्यको (सामुहिक) हितका लागि काम गरेका छन त? मलाइ त त्यस्तो लग्दैन ।
नेपालका नव युवाहरु खोक्रो पार्टी नेताहरुलाइ सच्चाउनु को साटो, जुगौं देखि क्याम्पसमा पढेको जस्तो गरि विद्धार्थी राजानिति गरि बस्नेहरुको लह लहै मा लाग्छन । अनि तेहि नेताहरु र विद्धार्थीहरुको सिको गर्दै अहिले हरेक भिन्न संगठनहरु पनि गर्दै छन बिरोध, ट्यक्सि वालाले ट्याम्पो वाला लाइ पिट्यो: ट्याम्पो वालाको चक्का जाम, बसले बटुवालाइ ठक्कर दियो: पुरै क्षेत्र बन्द, बटुवाले बस चालकलाइ चुट्यो: यातायत बन्द, एउटा विद्धार्थी युनियनको लाई अर्कोले पिट्यो: शैक्षिक हड्ताल ??????? लोकतन्त्रिक देशमा त न्य़ाय नपाए अदालत जानु पाइन्छ हैन र? कि नेपालमा न्याय कानुन सबै मरि सक्यो?
हो प्रजातन्त्रिक देशमा बिरोधको अधिकार सबैलाइ हुन्छ, तर के नेपालामा आहिले भाइरहेको बिरोध गर्ने परिपाटि ठिक छ त? जनता त्यसै सडकमा आउंदैनन्, २०४६ मा आएका थिए त्यस पछि एकै चोटि २०६३/६४ कुर्नु पर्यो । यो कुरा बन्द, हड्ताल, अनसन, बिरोध आदिको राजनिति गर्ने हरुले बुझ्नु पर्छ । “प्रतिगामी” तत्वहरुको चलखेल आहिले कति छ त मलाइ थाह भएन, तर केहि बिषम परस्थिति आए बन्द, हड्ताल, अनसन, बिरोध आदिले आजित भएका नेपाली जनता तुरुन्तै सडकमा आउने भने छैनन ।
नेपालमा देखिएको जथाभावि बिरोध गर्ने परिपाटि का कारण बिरोधको पनि कानुन बनाउन जरुरी देखिएको छ । मेरा केहि सुझावहरु:
१. जुलुस प्रर्दषण तोकिएको स्थलमा मात्र गर्न पाउने (सामुहिक बिरोध भनेको संबन्धित अधिकरिहरुको ध्यनाकर्षणको लागि हो, तोडफोड को लागि हैन)
२. शैक्षिक संस्था कुनै पनि हालतमा बन्द गर्न नपाउने (शिक्षक वा विद्धार्थीहरुको केहि माग भए छुट्टीको दिन मात्र बिरोध गर्न पाउने)
३. शैक्षिक संस्थामा कुनैपनि राजनैतिक हस्तक्षेपलाइ ठुलो अपराधको रुपमा स्थापित गर्ने (तोकियको मयाद भित्र पढाइ नसकेर राजनिति मात्र गरेर बस्ने लाइ निस्कासित गर्ने)
४. कल कारखानामा केहि समस्या भए मालिक र मजदुर मिलेर सल्टाउने (राजनैतिक पार्टीहरुको कुनै संलगनता हुन नपाउने)
५. कुनै पनि हालतमा सडक र यातायत अबरुद्ध गर्न नपाउने (अफ्नो बन्द गर्न नै परे पनि अरुको रोक्ने तथा तोडफोड गर्न नपाउने)
६. कुनै राष्ट्रिय मुद्धामा जुलुस निकाल्नु परे कार्यक्रमको कम्तिमा १५ दिन अगावै स्विकृति लिइ संचार माध्यमा बाट विस्त्रित जानकारि दिने
७. हाम्रो करको पैसाले तलब खाने मन्त्री/सांसद ले हामीलाइ नचाउने हैन, बरु तिनीहरु हामीले पालेको कर्मचारी भएकाले तिनिहरुको हरेक कामको राम्रो लेखा जोखा गर्ने (हरेक महिना तिनिहरुले के काम गरे छन भनेर मुल्यंकन गर्न अनिवार्य रुपमा हरेकलाइ मासिक रिपोर्ट निकाल्न लगाउने)
यि त भए मेरा विचार, तपांइहरुको को पनि थप सुझाव छ कि?
तस्बिर: samudaya.org
प्रज्वल,
साच्चै भन्या, नेपालमा हड्ताल कति फाप्या। तर, यसको अर्को पाटो पनि छ। हड्ताल नगरि सरकारले कहिले सुन्ने हैन। हुँदा हुँदा नेपाल बन्दको वेवसाइट पनि बनेछ।
सैक्षिक सँस्थामा त राजनिति गर्न दिनै नहुने। नेता बनाउने कारखाना अन्त कतै खोले भैहाल्यो नि। गाँउ र जनताबाट राजनिति गरेर आउनेले न, जनताका कुरा बुझ्छन! बिद्धार्थि राजनितिबाट आउनेले त सँगठन, प्रतिद्बन्दी र नेता रिझाउने बाहेक अरु जानेकै हुदैन।
प्रज्वलको फेबोरेट बुँदा ७ मा अलि जोड गर्नु पर्ला। अहिले सम्पति सार्बजानिक गरे जस्तै यो पनि लागु गर्न नसकिने त होइन।
Prof. LOL
People will wake up but again history repeats by itself. We don’t learn from history, as Salik says. Perhaps, it is our “culture”.
एकदम समसामयिक र सहि विश्लेषण प्रज्वलजी!
यी सबै समस्या र बेथितिहरुको जडमा हाम्रो देशको राजनीतिक (कु)संस्कार बसेको छ। ठूला-साना हरेक राजनीतिक दलहरु आफ्नो स्वार्थसिध्द गर्न यस्तै माध्यमहरुको सहारा लिन्छन्। कुनै एक दलले मात्रै पनि ‘अबबाट अराजक आन्दोलन नगर्ने, रचनात्मक ढंगले मात्रै विरोध गर्ने’ भनेर घोषणा गरेर त्यसै अनुसारको ब्यबहार गर्न थाले सही संस्कारको थालनी हुन्थ्यो र बिस्तारै अरुले पनि पछ्याउँथे होलान्। तर अहिलेलाई त्यो सुदूर सम्भावना मात्रै देखिन्छ।
विद्यार्थीहरुलाई प्रयोग गर्न एकदम सजिलो छ, किनभने त्यो उमेरमा परिपक्वता आईसकेको हुँदैन र लहैलहैमा जे पनि गर्ने स्वभाव हुन्छ। त्यो स्वभावलाई ब्यापक दुरुपयोग गरेका छन् दल र नेताहरुले।
राज्यका सबै निकायमा हुने राजनीतिकरणको अन्त नगरी यो स्थितिमा सुधार हुँदैन। तर अहिलेको कथित लोकतान्त्रिक सरकार र दलहरु झन बढी राजनीतिकरण गरिरहेछन चारैतिर। सकै आफैंले सबै कुम्ल्याउने, नसके भागबण्डा गरेर आफ्ना हनुमानहरुलाई ‘ठाउँ’मा पु-याउने गरिरहेछन् उनीहरु। यो राजनीतिकरण र भागबण्डाको खेलले कन्तबिजोग भएको त्रि वि र अरु विश्वविद्यालयहरु हेर्नुस्, अनि भागबण्डाको खेल अझै नमिलेर डेढ वर्षदेखि हुन नसकेको राजदूत नियुक्ति हेर्नुस्!
अलिक निराशावादी लाग्नसक्छ, तर कम्तिमा तत्काललाई यो स्थिति सुध्रिने छाँट छैन। हाम्रो देशको राजनीतिक नेतृत्वमा नयाँ सोच नआई केहि परिवर्तन पनि सम्भव छैन। ‘गाइ’ ओगटेर बसेका ‘बूढा गोरुहरु’ले त्यति सजिलै ठाऊँ छोड्लान जस्तो छैन, त्यसैले नयाँ सोचको प्रवाह पनि टाढाकै कुरो भयो।
तैपनि आशा गरौं (चमत्कारकै आशा गरेजस्तै!), विस्तारै यो अराजकताको अन्त्य भएर जानेछ।
Keshuvko said:….
Prajwol,
I believe the pictures themselves speak everything so I did not write caption…
However, for your kind information, the old man who I saw in Pulchowk yesterday is mute.
For sure, he doesn’t understand what the slogans or whatever in the banner he is carrying read.
Now you analyse the rest….
All the best
my fav poem too…
i’m yet to come to your beautiful city…
would love to come as soon as i find time…
कमेन्टको लागि सबै जानालाइ धन्यवाद……Prof LOL, मासिक रिपोर्ट सांच्चै उपयोगी हुन्छ जस्तो लग्छ मलाइ, त्यसैले त्यसमा धेरै जोड गरेको मैले
…..बसन्त जी, तपांइको कुरा मलाइ सर्है चित्त बुझ्यो: “कुनै एक दलले मात्रै पनि ‘अबबाट अराजक आन्दोलन नगर्ने, रचनात्मक ढंगले मात्रै विरोध गर्ने’ भनेर घोषणा गरेर त्यसै अनुसारको ब्यबहार गर्न थाले सही संस्कारको थालनी हुन्थ्यो र बिस्तारै अरुले पनि पछ्याउँथे होलान्। “
this is our Beautiful nepal.
Bring back the peaceful time when King Bir was in sole power….
I think we have made what folks called a ‘democratic fallacy’.. meaning: just because many people agree to it doesn’t make it right..
Nepal was just not ready for change…
Weyouth,
thanks for your comment, it’s just that people seem to be more whimsicle in Nepal. Youths are misleaded for vested political interests. Unless youths are preoccupied in studies/work/sports etc…things like these bound to happen.
NNepali,
I think I agree with you people in Nepal were not ready yet. There have been more misuses of democracy than uses.
that is the reality in nepal right now. but we should not lose hope.
AS in rang de basanti “kunai pani desh perfect hudaina, we citizens have to make it.”