सानो छंदा दशैं धेरै कारणले मन पर्थो, जस्तै कि : धेरै लामो विदा, चङ्गा, मिठो परिकार, नया लुगा, दक्षिणा, भेटघाट, र अन्तिममा मात्र मान्यजनको आशिर्वाद र टिका |
नवमिको दिन एक जना नेपाली परिवारको घरमा खान बोलाएका थिए | Lafayette का १० – १२ जना नेपालीहरु त at least भेट हुन्छ भनेर दन्ग परी म पनि गएं | तर अप्रत्यासित रुपमा त्यहां त झन्दै ३५-४० जनाको जमघट भयो | खुब रमाइलो भयो, नाच गाना, हंसी मजाक, Scotch को साथ साथै खशीको मासुको sample पनि चाख्न पाइयो |
राति ढिलो सुतेकोले टिकाको दिन उठ्न सार्है गार्हो भयो, घरमा फोन पनि गर्नु पर्ने भएकोले पुरै इच्छा शक्ति जगाएर उठें | दशैं परेको हुनाले सबैले घरमा फोन गर्दा हुन्, मरिगए फोन लागेन | धन्न नेपालबाट अनलाइन आएकि प्रज्ञालाइ भेट भयो, अनि उसैले मेरो घरमा फोन गरिदे पछि घरबाट पनि अनलाइन आए | अनि त skype बाट मज्जाले गफ भयो |
हिजो रातिको अनिंद्रा, उछलकुद र dehydration ले गर्दा गाथमा पनि अलि आराम भएन | दिउंसो त fast food बाट खाजा खाइयो, अनि दशमीको दिन खालि निधार लिएर dinner Wai Wai पकाइयो | Wai Wai खाइ सके पछि मलाइ दशैंको के मन पर्छ भनेर फेरि सोच्न थालें : मान्यजनको आशिर्वाद र टिका, भेटघाट, मिठो परिकार, धेरै लामो विदा………………..


त्यो उमंग रहेन तर तिम्रा शब्दहरू पढे पछि फेरि याद आयो पुराना दिनहरूको! म पनि थप्छु है।
लामो बिदा, चंगा, माजा, मन्दिर, लंगुरबुर्जा, नयाँ लुगा, तास, मीठा परिकार…………….
टीका, आशीर्वाद, भेटघाट, दक्षिणा, तास……
अनि धेरै HOMEWORK गर्न बाँकी रहेको याद……………
अझ कहिलेकाहिँ मेरो त स्कुलको लुगा पनि कहाँ पर्थ्यो कहाँ (हराउँथ्यो) दशैंको बेलामा!
केशव,
मन्दिरको कुरा त मैले बिर्सेछु…सानोमा मलाइ मन्दिर जान मन लग्दैनथ्यो, ठुलो भए पछि जान त मन लाग्यो तर परिवारसंग हैन | मलाइ मन्दिरमा गएर पुजा गर्न भन्दा पनि मन्दिरको वातावरणमा रमाउन मन लाग्छ, कहिले केहि stress परे म कार्यविनायक जान रुचाउंथे | मन्दिरको घन्टि, धुपको बास्ना, चरा च्रुरुन्गी को चिरबिर इत्यदिले मलाइ calm बनाउंथ्यो |
दशैंको मन नपर्ने कुरा भनेको होमवर्क नै होला, छुट्टीको एक दिन अगाडि स्कुल नगएर मलाइ त थाह नै भएन भनि छल्न पनि धेरै प्रयास गरें मैले | होमवर्क पनि कस्तो कस्तो दिने: एउटा कापी पुरै handwriting गर्नु पर्ने रे, अनि म पनि बाठो भएर किन्थें सबै भन्दा पातलो कापी अनि लेख्थें ठुला ठुला अक्षरले, अझ विच को पाना पनि झिकेर
तास जुवामा भने कहिलै interest भएन मलाइ
प्रज्वल,
नेपाल बाहिर भएका सबै नेपालीले फोन गरे कि क्या हो त्यो दिन, मेरो पनि मरिगए फोन लागेन। समस्या उस्तै परेछ। SMS गर्न मिल्छ भन्ने बुद्धि केशवले कमेन्ट गरे पछि मात्र आयो। भोलि पल्ट बिहान मात्र फोन लाग्यो।
हैन, अमेरिकामा पनि wai-wai पाईदोँ रछ भन्या। गजब रैछ। यता तिर पनि पाए त क्या मज्जा हुन्थ्यो।
यहाँ चाहिँ टिकाकै दिन नेपाली भेटघाट भएकोले टिका पनि लाउन पाईयो। रमाईलो भयो नै भन्नु पर्यो, तर नेपालको दशैँसँग तुलना गरेर पनि त भएन।
दशैँ त गजब रमाईलो लाग्थ्यो, पोहर सम्म। बच्चा छदाँको दशैँको त कुरै भएन। काठमाडौं आएर कलेज पढ्दा चाहिँ लामो बिदामा गाउँ जान पाइने मज्जा। अनि जागिरे दशैँको रमाइलो चाहिँ, दशैँ पेस्कि, म्यारिज, अनि चार छाक खाना, त्यो पनि आमाले पकाएको
।
यहाँ त पेश्कि पनि डिसेम्बरमा दिने रैछ, क्रिसमस मनाउनलाई त होला नि। दशैँ भन्दा क्रिसमस रमाईलो होला जस्तो छ।
(हिजै कमेन्ट गर्छु भनेको, बेलुका खाना बनाउदै जाँड पिउँदै गर्दा अलि धेरै भयो जस्तो छ, पकाएको खाना यत्तिकै छाडेर, सबै बत्ति बालेर कति बेला सुतिएछ थाहै भएन
)
प्रो.
Loving your pictures Bro..
I least this year I wasn’t on Wai-wai or other instant noodle !! I feel for you bro.. but you will get used to it.. I have..
I hope Tihar will be much more of a happy occassion for you…
प्रोफ. LOL,
नेपाल त मलाइ कहिले कांहि सौतनि आमाको छोरा जस्तो पो हो कि भन्ने लाग्छ, फोन त लागेन लागेन कलिन्ग card को मिनेट पनि कति कम….त्यहि card ले नजिकैको भारतमा फोन गरे बेसुमार मिनेट पाइन्छ…..प्लेनको टिकट पनि त्यस्तै, दिल्लीबाट काठमाडौं थप्न साथ पैसा आकसिन्छ |
Immigrant हरुले नै बनएको देश भएर पो हो कि अमेरिकामा सबै कुरा पाइन्दो रहेछ, Wai Wai मैले कोरियनको पसलबा किन्छु |
खै आफ्नो त कुनै बेला पनि पेष्की दिंदैनन्, त्यसैले त्यस बारे भने केहि गुनासो छैन
NNepali,
Thanks for sympathizing. I guess I would get used to that eventually. Tihar doesn’t look promising either, but I would have to live with it now.
veg waiwai पनि पाइन्छ? पैसा कति नि एक प्याकेट्को?
Veg Wai Wai पनि पक्कै पाइन्छ होला, आफुं लाइ नचाहिने भएर होला मैले याद भने गरेको छैन | मैले खुद्रामा त किनेको छैन तर ३० प्याकेट भएको बट्टाको $5.89 (exclusive of tax) पर्दो रहेछ….ठुला शहरहरुमा भाउ अझै कम हुन सक्छ | के हो bro Veg Wai Wai नपाइएला भन्ने डरले अमेरिका नआएको हो कि क्या हो ?
अहिले सम्म नआउनुको एउटा कारणचाहिँ खानपान पनि हो। तर अब छिट्टै आउनुपर्ने भएको छ र आइन्छ होला पनि………….
किन सोधेको भनेनि… आउँदा लिएर आए फाइदा कि त्यहीँ किन्दा भनेर क्या!
केशव,
शुभकामना छ है। चिताएको कुरो पुगोस। अझ, छिट्टै पुगोस।
प्रज्वल,
तेहि त है, अमेरिका फोन गर्नु र नेपाल फोन गर्नु नै पनि आकाश पाताल फरक छ। प्लेनको टिकट पनि सार्है महंगो। कुन चाहिँ एनआरएनले प्लेन चलाउने कुरा सुनेको थिएँ, अलि सस्तो बनाउला कि?
अनि, कोरियनको पसलमा वाईवाई! गजब रैछ। कतै त्यो कोरियनले, किम्चि भनेर गुन्द्रुक पनि त बेच्दैन?
प्रो.
केशव,
प्रोफ. ले भनेको जस्तै चिताएको कुरा छिट्टै पुगोस | जहां सम्म मलाइ लग्छा veg. हरुले यता आलु बाहेक केहि खान पाउंदैनन….ठुला diverse सहर हरुमा अरु थप विकल्प पनि हुन्छन (Thanks to South Indian Store).
प्रोफ.
किम्चिको बारेमा सुनेको त थियं तर ट्राइ भने गरेको छैन, एक चोटि ट्राइ गरेर हेर्नु पर्ला | Flight हरु धेरै भए भने पो सस्तो हुन्छ, नेपालमा इकोनोमिक स्कोप नभए पछि धेरै Flight हुने संभावना नै रहेन | जसले चलाए पनि घाटा खाइ खाइ त के चलाउला र ख्वइ | बरु प्लेनको टिकट भन्दा कलिङग कर्डको धेरै मिनेट दिलाउने र राम्रो कनेक्ट्सन बनाउने तर्फ पहिला बल गरे हुन्थ्यो
By the way, मैले दिन मा तिन छाक खाना सुत्केरीले मात्र खान्छ भन्ने सुनेको थिएं, यहांको ४ चोटि सम्म जांदो रहेछ दशैंको बेला त
hi prajwol,
i’m afraid i was not able to read your post, but the subject matter is very interesting to me! i recently just blogged about wai wai myself. have you managed to find wai wai anywhere in the U.S.?
thanks!
EWS,
Welcome to my blog. The post was about me having to be content with Wai Wai as a dinner in the biggest Hindu Nepalese festival (as I was all by myself). That doesn’t mean I don’t like Wai Wai, I was just expressing my frustration of being alone and how much I missed my family atmosphere during these festivals.
Seems like you live in New York, try some Korean Stores in China Town, or you might even get it somewhere in Jackson height.