फेरि संसार घुम्दा

Posted: November 13, 2007 by Prajwol in Scratch of my head

नमस्कार, मेरो नाम पेद्रो मार्टिनेज हो, तर मलाइ सबै जनाले साधरणतय Swallow-tailed Kite भनेर चिन्दछन । मिसिसीपी नदीको वर पर उडेर नै मेरो दिन चर्या बित्ने गर्द्छ । अमेरिकिहरुले पहिल्यै बुद्धि पुराएकाले मेरो बास स्थानको भने राम्रो संरक्षण भएको छ, होण्दुरस बाट आएको रमिरेज को परिवार पनि यहि बास स्थानको कारणले आजकाल यतै छन् । खोला छेउ घना Bottomland Hardwood जंगलको कारण आहारा र मनोरन्जनको केहि कमी छैन । खुला आकासमा स्वच्छन्द रुपले उड्न पाउनुको पनि मजै बेग्लै छ, तर बेला बखत PFV (Private Flying Vehicles) को भने खुब हेक्का राख्नु पर्द्छ है । अस्ति मात्र इभा मेन्देज PFV संग ठोकिएर दुइ महिना थाला परि, भाग्यमानी रहिछे मोरी कसो ज्यान भने गएन, पोहर लुइस इनरिके को जस्तो । हुन पनि कति बढेका PFV, फोकटमा घाम बाट चल्छ भन्दैमा परिवारको सबै ले बेग्लै उडाउने हैन नि, खुरुक्क MFT (Mass Flying Transit) चढे भइ हल्थ्यो नि ।

मेरो जीन्दगी यसै गरि रमाइलो संग बितिरहेको थियो, तर भाविको खेला मेरो जीवनमा पनि एउटा अभुतपुर्व तुफान नै आयो । झन MFT को बखान गर्दै हिंदेंको, त्यहि संग अकस्मात ठोकिन पो पुगेछु । बरु PFV संग ठोकिएको भए नि हुन्थ्यो जस्तो लाग्यो, मार त कम पर्थयो । इन्तु न चिन्तु भएर म त सिधै तल झरेछु, म झर्दै गर्दा MFT बाट एउटा केटो DSLR ले मेरो तस्बिर खिच्दै गरेको मात्र थाह छ, त्यस पछिको पुरै scene नै गायब भयो मेरो मस्तिस्क बाट । रमिरेजले भनेको पुरै २ हप्ता पछि मात्र आंखा खोलें रे मैले, धन्न बांचिएछ बाबा । शाररिक चोटपटकले गर्दा आजकाल पुरै Nest Rest मा छु । दुखाइ त स्वभाविक नै हो, तर सुत्दा भने मलाइ अनौठो Flashback जस्तो आइरहन्छ: कहिले म भ्यागुता भएको, कहिले गोहि, कहिले माकुरा त कहिले उडुस । हे प्रभु, NightQuil ले पनि छुन छोडेछ पटक्कै निंद्रा लाग्दैन । रात मा निंद्रा नपरेर पनि होला, निको हुन झन गर्हो भै रहेको छ । हिजो राति त अति नै भयो, मैले Flashback मा आफु मान्छे भएको पनि देखें । समस्या बाट भागेर केहि हुने वाला जस्तो लागेन मलाइ, बरु Flashback मा गएको समयमा अझ ध्यान बढाए केहि प्रगति हुन्छ कि जस्तो लाग्यो, १ महिना सम्मको निरन्तर प्रयास पछि बल्ल कुरा छर्लंग भयो ।

अब मेरो जिन्दगी कुनै हिन्दी सिनेमाको भन्दा कम रहेन, MFT संगको ठक्करले मलाइ मेरा पुर्व जन्मका स्मिर्ति हरु दिलाएको रहेछ । आज भन्दा झण्दै हजार बर्ष अघि म पनि मान्छे नै रहेछु, अब अर्को ८४ लाख जुनि पछि मात्र फेरि मेरो मानिस भएर जन्मने पालो आउने रहेछ, भ्यागुता, गोहि, माकुरा, उडुस इत्यादि मेरै फरक फरक जुनि रहेछन । मानिस संसारकै सर्वश्रेष्ठ जीव भएर पो हो कि मलाइ आफ्नो मानव जुनि कै Flashback मा रमाउन मन लाग्छ, क्या मोज पो गर्दा रहेछन् इ मानिसहरु,अहिले पो बल्ल थाह भयो । कुनै बेला म पनि संयुत्त राज्य अमेरिका को दक्षिण मा बसेको रहेछु, त्यति खेर त यो थाउं मा गोरा हरु धेरै थिए, आहिले त हिसप्यानिक को बहुल्यता रहेछ । त्यस पछि भारतिय, चिनिया र अफ्रिकन रहेछन्, नेपाली पनि कति बढेका, म हुंदा त यहां नगन्य नेपाली मात्रा थिय । पुरै अमेरिका घुमेर हिंडे, सबै तिर त्यस्तै पुरै socio-economic परिवर्तन । बल्ल बुझें मेरो नाम किन पेद्रो मार्टिनेज रह्यो भनेर । भएन बा, एक चोटि नेपाल जान मन लाग्यो, जे भए पनि म मानिस हुंदा जन्मेको देश ।

हुन त मेरो लामो दुरी सम्म सजिलै उड्ने सक्ने क्षमता छ, तर पुरै Atlantic महासागर नाग्ने आंट भने आएन । यसो खोजी गर्दा न्यु योर्क देखि फ्रान्स को Bordeux सम्म Atlantic महासागर भित्र बाट चल्ने URN (Under-water Rail Network)बारेमा थाह भयो । ध्वनिको गतिमा चल्ने यो रेल को कार्गो मा सबै को आंखा छल्दै लुकें, हुन त रेलले एकै छिनमा नै पुराएछ, तर Claustrophobic भएर पो हो कि मलाइ चाहिं सात जुनि झैं लाग्यो । रेल बाट निस्के पछि एसो युरोप भ्रमणमा निस्कें, युरोपमा पनि गोराहरु नगन्य मात्रा मा भेटिए, अफ्रिकनहरु को बहुल्यता रहेछ, अनि भारतिय र चिनिया । यता पनि अमेरिकामा जस्तै ब्यापक समाजिक परिवर्तन भएको रहेछ, नेपालीहरु पनि छ्याप्-छ्यप्ति रहेछन । पहिला फ्रांसको Marseille देखि जापान सम्म जाने URN थियो रे, Marseille बाट खाडी राष्ट्र हुंदै जापान जाने । खाडि राष्ट्रहरुले समुद्रमा पनि मानविय जमिन बनाएकाले त्यो क्षेत्रमा भने रेल जमिन माथि बाटै कुदने रहेछ, ४०० बर्ष अघि तेलको मुहान सुके पछि त्यताको शेखहरु पुष्त पैसा कमाइ अरु नै देश सरेछन्, अनि आरु गरिब जनता पनि पेट पाल्न अरु नै तिर पलायन भएछन । आहिले त्यो क्षेत्र पुरै खालि छ, रेलको लिगमा जमेको बालुवा सफा गर्न समस्या परेको ले URN अहिले त्यता बाट चल्दैन । अहिले युरोप बाट जापान जान लाइ सबै भन्दा सजिलो उपाय स्पेन बाट URN लिएर पहिला दक्षिण अफ्रिका जाने अनि त्यता बाट फेरि अर्को URN समातेर जपान पुग्ने रहेछ ।

URN बाट दक्षिण अफ्रिका पुगे पछि अफ्रिकन महादेश घुम्न उडें, उत्तर तिर त पुरै विरान रहेछ, सायद हिरा र तेल पाउन छोडे पछि सबै कामको लागि युरोप तिर लागे । दक्षिण अफ्रिकामा भने भारतियहरुको बोल बाला रहेछ, कपडा र गहनाको विश्व भरि ब्यापार गर्दा रहेछन । अफ्रिका घुमे पछि म फेरि URN को कार्गोमा लुकेर जापान तिर लागें । जापानमा पनि जन्मदर युरोपको जस्तै कम थियो, अझ त्यस माथी जापानले बिदेशीलाइ नागरिकता पनि दिंदैनथ्यो, त्यसैले जापानको समाजिक अवस्था कस्तो होला भनेर हेर्न म उत्सुक थिए । जापान पुगेर घुम्दा त जापान मा तन्न जापानीहरु नै रहेछन, पछि बुझ्दा त तिनिहरु जापानी हैन चिनिया पो रहेछन्, ५०० बर्ष अघि देशमा जनता नै नभए पछि बाध्य भएर चिनियाहरुलाइ नागरिकता दिइ झिकाउन परेको रहेछ । जापानमा पनि मनग्यै नेपालीहरु देखिए । मलाइ अब नेपाल कस्तो होला भनेर सार्है खुल्दुली बढ्यो, जापान बाट दायां वायां केहि नहेरि चिन हुंदै नेपाल तिर उडें, पुरै २ हप्ता लाग्यो मलाइ बिशाल चिन नागेर नेपाल पुग्न लाइ ।

नेपाल सरर उडेर हेर्दा त आधा बिहार आधा चाइना टाउन जस्तो रहेछ । पहिला पशुपतिनाथ को दर्शन गर्छु भनेर बागमतिको तिरै तिर उडेर पशुपति गए, मुख्य मन्दिरलाइ छोडेर अरु भागमा मन्दिर घेर्ने गरी दक्षिण यसियाकै सबै भन्दा ठुलो Pashupati Mall बनाएका रहेछन । चिनियाले नगरे पनि कम से कम बिहारीहरुले त यो काम को बिरोध गर्नु पर्थयो । सबै जना नेपालीहरु मैले जस्तै समस्याको सामना नगरी बिस्तारै बिस्तारै बिदेश पलायन भएका रहेछन । पहिलाको नेपाल बारे संम्झेर बसि रहंदा ३-४ वटा चराहरु आए अनि मलाइ टुरिष्ट भन्ठानेर भने ” अरे भाइ, रहने के लिए Nest होटेल चाहिए?” मैले बिशुद्ध नेपालीमा “मलाइ चांहिदैन, म यै देशको हो” भने । मेरो नेपाली सुने पछि सबै ले एकै स्वरमा भने ” अरे, ए त्यो museum breeding center से भागके आया लग्ता हे…………………

Picture Source: www.fws.gov

Comments
  1. keshuvko says:

    A good description!

  2. Prajwol says:

    Thanks :D

    सुरुमा त जोस का साथ लेख्न थालेको थिंए, पछि अल्छि लागे पछि हावा तालमा मा टुंगिएछ :(

  3. Gurkhahere says:

    Lol! the ending is great. Would’ve liked to see more on Nepal.

  4. Prajwol says:

    I was planning to write on that but was little lazy and felt the post is already getting long.

  5. pratigya says:

    Wow. I enjoyed reading it. Didn know i had such a lekhak friend. I find each piece better than the other one. K bhako hola.

  6. Prajwol says:

    Thanks Pratigya,

    मन मनै कमेन्ट छोड्ने साथीहरुले सांचिक्कै कमेन्ट लेख्दा सार्है खुशी लाग्यो :D …… प्रेरणाको लागी धेरै धेरै धन्यबाद, I’m flattered :P

  7. ranjil says:

    Oho Sathi!!
    Yo pedro martinez lai ma pani chinchu jasto cha.

    Asti bharkhar nepal aako thiyo. Nest pani banayo ra aahile feri missisippi tira farkya cha.

  8. Prajwol says:

    Sahi jawab sathi :)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>