बिरालो बांधेर श्राद्ध
Posted: February 21, 2008 Filed under: My bandwagon 7 Comments »नेपालमा भिसा नविकरण गर्नु पर्छ, पुगेको भोली पल्ट नै गर्छु भनेर यतै बाट फोटो समेत खिचेर लगेको थिंए । नेबिल ब्यैंक महाराजगंज मा बुझाउनु पर्ने रहेछ भिसा को फारम, मेला नै लाग्दो रहेछ त्यता त । पहिला गएर टोकन लिनु पर्ने, घण्टौं कुरे पछि बल्ल फारम बुझाउने पालो आउंदो रहेछ । बुज्रुक भएर फोटो यतै बाट खिचेर लगे पनि फारम भर्न भने बिर्सेछु, आजकाल electronically फारम भरेर त्यसैलाइ प्रिन्ट गरी बुझाउनु पर्ने रहेछ । नेबिल ब्यैंक को छेउमै रु. १००.०० प्रति ब्यक्ति फारम भर्ने अफिस रहेछ । “कस्तो महन्गो” भन्दा “हामी expert छौं फारम भर्न लाइ, हामीले भरेको मा केही गल्ती हुंदैन त्यसैले १०० रुपैंया लिएको” भने साहुजीले । पहिलै टोकन लिएर जानु पर्ने रहेछ, फारम भरेर फर्के पछि फेरि कुर्नु पर्यो ।
आफ्नो पालोमा फारम बुझाउन जांदा मेरो फोटो भएन रे । मैले झन अमेरिकामै अमेरिकाको पासपोर्ट standard फोटो खिचेर आएको नेबिल ब्यैंक को कर्मचारीले हुन्न रे । किन भएन भनेर सोध्दा त मेरो फोटो मा म कालो आएको छु रे मान्छे भन्दा । हुन पनि हो Walmart मा खिचेको रहर लाग्दो भने आएको थिएन, तर पनि अलि कालो आयो भन्दैमा फोटो नै नमिल्ने भने त हैन नि ? मेरो त्यो फोटोको background चाहिने जति उज्यालो नै थियो, खालि अनुहार अलि tan देखिएको थियो । मेरो पासपोर्टमा आखिर तेहि Walmart मा नै खिचेको फोटो थियो । अनि कस्तो फोटो चाहिन्छ त भनेर सोद्धा अर्काको फाइल बाट फोटो देखाइन । त्यो फोटो त मैले पहिलो चोटि अमेरिका जांदा फोटो कनसर्न मा खिचेको जस्तै रहेछ । अनि मैले ति कर्मचारीलाइ यो फोटो मा त झन Adobe Photoshop चलाएर गोरो बनाउने, लाली लगाउने, पिम्पल हटाउने आदि काम गर्छन्, अनि कसरी यो मन्छे संग मिल्यो र भनेर सोधें । हक्क बक्क भएर ति कर्मचारीले “तपाइं को फोटो अलि कालो भएकोले पासपोर्टमा भिसा scan गर्दा कालो आउंछ” भनिन । अनि मैले अफ्रिकाको मन्छे ले भिसा लिनु पर्यो भने कस्तो खालको फोटो खिचाउनु पर्छ नि भनेर सोधें ।
केहि सिप लागेन, अखिरमा महन्गोमा emergency फोटो खिचेर भोली फेरि आउनु पर्यो । मेरो नया फोटोमा Adobe Photoshop चलाएर गोरो बनाउनु को साथै लाली पनि अलिकति चढाइ दिएको रहेछ । बिरालो बांधेर श्राद्ध गर्ने जस्तै भोलि पल्ट तेहि कर्मचारीले खुरुक्क तेहि फोटो लिइन ।
This post has already been published in this site
I really enjoying your travel diary Prajwoljee.
By the way, I find the new background color a little bit “aggressive”. Just a thought tough. No ‘color’ will stop me from reading your blogs
Basanta ji,
I find your interpretation of color very interesting
…..one of my friend recently suggested that it looks like hung over color
I am glad to know that color won’t be a concern to the readers
It’s just a periodic thing, I will switch to a new combination when I feel monotonous(mood dependent)
I’m still trying to figure out my favourite colors
It’s very true… But as I am always not-planned, I had to use “emergency photo” for visa and even passport, which I now realised (reading your post) was good to avoid problems.
What a coincidence! I also just had problem with photo, a different one though. I had to apply visa for Germany and I used Passport size picture (taken in Nepal, which I already used for three different visa applications in Japan). But German embassy had different requirement for photo (face had to cover 80% of the photo). Most stupid thing I ever heard! Either you say “Passport size” or create new Universal size for pictures, why I had to take a new picture just for German embassy? कुरो नबुझिसक्नु छ … I had to spend 1200 yen for just a single picture.
“बिरालो बांधेर श्राद्ध” हो की “हलो अड्काएर गोरु चुटेको” हो।
Prof.
Never heard of 80% face cover for passport photo before
….Your proverb “हलो अड्काएर गोरु चुटेको” is very impressive
I agree with you on universal standard for pictures, for both visa and passport. This idea is beneficial as world today has become very interdependent with globalisation.
BTW, what happened to your blog. Did you have that password protected? I can only access it thru Google Reader.
Ohh… I did not realize that it can be accessed through google reader. I removed the password protection now… But am not in mood to write any posts… probably never…
Nice experiences.
Is there meaning of the printed code/number in the application?
Prof,
Now days, I have started to use Google Reader to track new post from my regular blogs.
Nabin,
Welcome to my blog. I have no idea about the printed code/number, I might have had better insight if you had elaborated on that.