नेपालको भविश्य ?

मेरो जीवनमा एउटा समय थियो जब नेपाल बन्द वा चक्का जाम हुँदा खुब रमाइलो लाग्थ्यो, कलेज जानु पर्दैन भनेर । आफ्नो लागी हैन बाबु आमाको लागी कलेज गैदिनु पर्ने जस्तो । आहिले आएर म कती गलात रहेछु भन्ने भान भैरहेको छ । यो तलको तस्विर हेर्दा सार्है दु:ख लाग्छ । कसरी नेपाली युवाहरुलाई आफ्नो दाइत्वबोध गराउने होला खै? देशका भविश्यहरु पढाई छोडेर लहलहैको राजनीतिमा लाग्नु सार्है दु:खदाही स्तिथी हो, यि कुराको समाधान नभै नयाँ नेपालको सपना देख्नु मुर्खता हो जस्तो लाग्छ मलाई।

तस्विर सौजन्य: कान्तिपुर अनलाइन द्ट कम

Advertisement

8 Comments on “नेपालको भविश्य ?”

  1. keshuvko says:

    दु:ख मान्नु बाहेक हामी के नै पो गर्न सक्छौँ र?
    तर सक्छौँ नि हामी हामी मिलर नै परिवर्तन ल्याउनु पर्छ।

  2. Basanta says:

    जबसम्म हाम्रा दलहरु र नेताहरु दोहोरो कुरा गर्न (भित्र एकथरी, बाहिर एकथरी) छोड्दैनन् र आफुलाई प्रतिपक्षी मानसिकताबाट मुक्त गर्न सक्दैनन्, तबसम्म यस्तै हो। भनिएको छ सबै दलको सहमतिमा बढाएको भनेर, तर सबै दलका विद्यार्थी संगठनहरु सडकमा टायर बालिरहेका छन्। यो जस्तो विडम्बना अरु के हुन सक्छ। सत्तामै पुगेपछि पनि विरोधी मानसिकता नछोडेपछि कस्को के लाग्छ?!

  3. नेपाली नेता अनी जनता सबै उस्तै छन । जब सम्म नेपाली जनताको बुद्दी आउँदैन तबसम्म यस्तै हो ।

  4. Prajwol says:

    कमेन्टको लागि सबैलाई धन्यवाद ।

    अहिले देश को राजनैतीक अवस्था नाजुक छ, त्यसैले धेरै कुरा सहनु पर्ने विवस्था छ। नेताहरु त शक्ती र पदको लागि जे पनि गर्ने दलाल हुन भन्ने प्रस्ट नै भै सक्यो, तर यि तरुणहरुको बुद्धी पनि घाँस खान गएको देख्दा सर्है चित्त दुख्छ। १८ बर्ष देखी आफ्न अग्रजहरुले जे भुल गरे, त्यही बाटोमा गर्व सित लागि परेका छन: कागले कान लाग्यो भन्दैमा आफ्नो कान नै नसमाती कागको पछाडि दौडिने ।

    पेट्रोल को मुल्य नेपालमा मात्र हैन संसार भरी बढेको छ, संसारकै गरीब देश नेपालमा मुल्य बध्यो भनेर अलिकती भएका कल-कारखाना, कालेज – बिधालय पनि बन्द गरे मुल्य घट्छ भनेर सोच्ने बिद्यार्थी नेताका दिमागमा गोबर नभे के छ भन्नु? के तिनीहरुले सरकारको subsidy ले मात्र मुल्य नियन्त्रण हुन्छ भन्ठानेका छन ? मुल्य संसार भरी बढेको ले बढी मेहेनतले काम गरेर productivity बढाउनु त कता हो कता झन बन्द गरेर देशलाई आर्थिक खाडलमा धकेल्ने काम गरी रहेका छन।

    बन्द भनेको सोईछयाले पो गर्ने हो, जबर्दस्ती गर्नेहरु आतंककारी हुन । नियम र कानुन नभएरनै सिमित ब्यक्तिका राजनैतीक महोत्वकान्छा र सिमित गुण्डा र आवाराहरुको बदमाशी मा यि कलीला बिधार्थीहरु रामाउदै छन ।

    यस्तै बन्द गर्दै गर्नु, पढाई उध्योग केही हुँदैन अनी पैसा नभएर एक दिन UN को प्लेन आउछ नेपालमा खाद्यान्न बाड्न, अफ्रिकामा जस्तै

  5. RT says:

    Relax brother, don’t get too angry. Imagine what would have happened if Mandela had become angry. What if MLK had lost hope or if Mother Teresa had given up. Although, we can be hopeful, cautious optimism is the only way at this moment. I am a big believer in time.

  6. Prajwol says:

    RT bro,

    I agree we require time and patience, but more importantly actions. Unless there are any signs towards those actions, the waiting is not worth it.

  7. Shasisathi says:

    Prajwal sathi,
    Nepal ko chinta sansar ko junsukai kuna ma bhaeka nepali lai hunu swabhabik nai ho ra yo kdum jaruri pani chha. Dhanyabad.
    Nepal ka bidhyarthi neta ko bauddhik abastha timile bhanejasto nai chha ra yo dherai samaya dekhi testai nai chha. Sabai kura ma paribartan khojirahanchhan tara aafno bikrit manasikta lai paribartan garna khojdainan. jahilepani ra jo aayepani anubansik rup ma prapta gareko charitra jastai sabaile tyo charitra dekhauna chhodeka chhainan. Samashya ko jaro bhaneko chahin mero bisleshan ma nepali haru rajnaitik dasatwo bata mukta huna nasaknu ho jasto lagchha. Ehan koi pani janata chhainan, sabai rajnaitik dal ka karyakrta chhan. Koi bisuddha nepali janta chhainan. Bishesh rajanaitik dal ka pakchhadhar chhan. Ani kunai pani rajnatik dal sahi, muluk ra janata prati imandaar ani desh ko bigrado abastha prati sachet chhainan. Jaba sadharan nepali janata ta esta chhan bhane ti tathakathit bidhyrthi neta ko bare ma ke bhanne khoi?
    Tara ke sadhai estai hola ra? Ahan hunna. Shristi ko adharbut niyam le pani mandaina. Paribartan ta abashya aaunchha. Tara kura eti ho sabaile aafno nimti ra kebal aafnai nimti bhanne murkhatapurna chintan chhodema tyo hami sabai le chaheko paribartan ali chhito aaunchha sayad hamrai jibankal ma. Natra……………

    Aan euta sujhab;
    Nepali bhasa ma lekhiyeka blog padhda dherai nai bhashik truti haru dekhiyo. Bhasa suddhikaran aabasyak chha.

  8. Prajwol says:

    शसि साथी,

    मेरो ब्लगमा स्वागत छ, अनि कमेन्टको लागि धन्यवाद ।

    ” कोही बिसुद्ध नेपाली जनता छैनन्। बिशेष रजनैतिक दल का पक्छधर छन्। अनि कुनै पनि राजनैतीक दल सहि, मूलुक र जनता प्रति इमन्दार अनि देश को बिग्रदो अवस्था प्रति सचेत छैनन्। जब साधारण नेपाली जनता त एस्ता छन भने ति तथाकथित विद्यार्थी नेता को बारे मा के भन्ने खोइ ?” यो कुरा सार्है मन पर्‍यो मलाइ; राजनैतिक सचेतना हुनु राम्रो हो, तर साधारण जनतामा राजनैतिक obsession
    भने हुनु हुँदैन ।

    भाषा शुद्धिकरण आवश्यक भएको पक्का हो, कुरा उठाइदिएको मा धन्यवाद । यसमा पहिलो त मेरो भाषिक कमजोरीनै हो, दोस्रो Unicode मा सहि नेपाली बर्ण/अक्षर को छनौट गर्न मलाई अलि हम्मे नै परिरहेको छ। खैर, भविश्यमा क्रमिक रुपमा सुधार गर्दै लानेनैछु ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.