संवाद
Posted: August 5, 2008 Filed under: Creeping frustrations, Randomization of randomness 6 Comments »प्रश्न: ६०१ जना जम्बो प्रतिनिधि किन निवर्चित गरेर तलब खुवाएर राखेको?
उत्तर : सबै नेपालीको प्रतिनिधित्व हुनलाइ ।
प्रश्न : के का लागि ?
उत्तर : प्रथमत, सबै नेपाली समेट्ने संविधान बनाउन ।
प्रश्न : आहिले ति ६०१ वाला हरु के गर्दै छन त?
उत्तर: कसले कसरी सरकार बनाउने भनेर झगडा गर्दै छन ।
प्रश्न : अनि संविधान कहिले बनाउंछन त ?
उत्तर: पहिला सरकार बनाउन सहमती खोज्ने अनी बल्ल पछी सहमत भएर संविधान बनाउने ।
प्रश्न : अनि संविधान बनांउदा बनाउंदै एउटाले खुट्टा तानेर सरकार ढाल्यो भने नि ?
उत्तर: फेरी अर्को सरकार बनाउने सहमती जुटाउन तर्फ लाग्ने ।
प्रश्न : बनाउंदै गरेको संविधान को के हुन्छ त ?
उत्तर : सरकारमा आएकाले जे भन्छ्न फेरी तेही गर्ने, नमिलेका कुरा झिकेर फाल्ने वा फेरी सुरु देखी फेरी बनाउन थाल्ने ।
प्रश्न : यसो गर्दा समय को नाश भएन र ?
उत्तर: हामीलाई के बितेको छ र, जनताले कर तिरी रहन्छन हाम्रो तलब पाकी हाल्छ ।
प्रश्न : जनताले तिमीहरु संविधान मात्र बनाउ, सरकार चलाऊन नागरिक समाजले प्रतिनिधि छान्दछन भने भनी नि ?
उत्तर: देश चलाऊन सक्ने हामी नेताहरु बाहेक को नै छन र नेपालमा ?
प्रश्न :के नागरिक समाजका दमननाथ ढुंगाना, लक्ष्मन अर्याल, कृष्ण पहाडी, डा. मथुरा श्रेष्ठ, डा. देवेन्द्र राज पाण्डे जस्ता सक्षम छैनन र ?
उत्तर: छन, बिल्कुल छन । तर तिनीहरु पनि सरकार बनाउने भए पछी कसले ठुलो पद पाउने भनेर हामी जस्तै लुछाचुंडी गर्न थाली हाल्छन नि ।
प्रश्न : तिनिहरु मिलेर आएर “तिमिहरु संविधान बनाउन मात्र ध्यान देउ, हामी सरकार चलाइदिन्छौं अनि आम चुनाव गरेर जित्नेलाई सत्ता सुम्पिदिन्छौं” भने भनी नि ?
उत्तर: अं त्यसो पनि हुन्छ र? जनताले हामीलाई पो पत्त्याएर पठाएको तिनीहरुलाई हो त?
प्रश्न : जनता सबै उर्लेर आइ नागरिक समाजलाई देश चलाऊ, तिमीहरु छिटो छरितो रुपामा संविधान बनाउ भन्ने आदेश दिए भने नि ?
उत्तर : त्यो कुरामा ढुक्क हुनुस, जनाताले हामी भन्दा पनि अरु विकल्प छन भनेर बुझ्न सक्ने भए रुष्ट भई भई पनि २० बर्ष देखी हामीलाई नै किन जिताउंछन र । ल अब मलाई ढिलो हुन थाल्यो, एउटा कार्यकरता को छोराको बिहे भोजमा जानु छ । त्यस पछी भोली को सर्वदलिय मिटिङमा कसरी असहमती बढाउने भनेर सहमती निकल्न आ-आफ्नो पार्टिको मिटिङ छ, त्यसै मा जानु छ । जय होस नेपाली जनाता को ।

यही लेख यो साइटमा पनि प्रकासित गरिएको छ ।
Nice & timely ‘analysis’ of the current situation in Nepal!
Thanks for your comment Deependra Ji
Nice one Prajwoljee!
Thanks Basanta Ji
I wished Nepali people were more empowered (rational and commen sense), so that they could muscle out this deadlock which is very certain of repeating again and again.
The day will definitely come, but as we love our country we want it to come very soon without more suffering to the Citizens.
Very Good analysis about current sitution in Nepal. Hope everything will be going right.
hahaha…………….
nice one……