मौषम र ट्राफिक
Posted: December 18, 2008 Filed under: Ramblings on life 1 Comment »थाहै नपाई मौषम र ट्राफिक को समाचार सुन्नु दैनिकी जस्तै भएछ । नेपालमा हुँदा मौषम समाचारमा घाम लाग्छ भने पानी पर्छ र पानी पर्छ भनेको दिन घाम लाग्छ भनेर मजाक गरिन्थ्यो । यता मौषम र ट्राफिकको पुर्व जानकारी अपरिहर्य नै रहेछ । हाइवेमा दिन को २ घण्टा वर दोर गर्नु पर्ने भएपछि यसको महत्व मेरो लागि पनि बढेको छ । मौषम को जानकारी बिशेष गरी गाडी चलाउने बेला हिउं र बरफ पर्न सक्ने संभावनाको लागि सावधान हुन, र पानी पर्न सक्ने संभावनाको लागि गाडी पारकिङ गरेको ठाउँ देखी अफिस वा घर सम्म हिंड्न छाता बोक्न सम्झिन को लागि चाहिन्छ । ट्रफिक को जानकारी १ घण्टा को यात्रा ३ घण्टा को हुन नजावस भन्नको लागि । म अफिस हिंद्ने बाटोमा जहिले पनि कुनै कुनै दुर्घटना भइनै रहेको हुन्छ, पुर्व जानकारी भए बाटो छलेर उम्किन सजिलो हुन्छ ।
Louisiana बाट East Coast तिर सरेको आहिले सम्म रमाइलो नै लागि रहेको छ, तर यो मौषम र ट्राफिक को हेक्का गर्नु पर्ने काम थपिएको भने खासै मन परेको छैन ।
Driving would be hectic during winter and 2 hours commute everyday is not fun either but looks like u r managing it pretty well. Glad u r back.