श्री पशुपतिनाथले कल्याण गरुन
Posted: January 7, 2009 Filed under: News/information and opinion Leave a comment »सानै देखि धेरै सुनेको लाइन हो यो, बिशेष गरी ठुला मान्छेका भाषणको अन्त्यमा सुनिन्छ । यता अमेरिकामा पनि त्यसै गरी God Bless America भन्दा रहेछन । तर मैले अमेरिकाको God भन्दा नेपालको पशुपतिनाथकै बढी महत्व देखेको छु है ।
१. बर्षको ३६५ दिनहरु मध्य कम्तिमा ३०० दिन जति त कुनै न कुनै ठाउँमा बन्द / हड्ताल हुन्छन ।
२. कल-कारखना र शैक्षिक क्षेत्र अस्तव्यस्त छन ।
३. आर्थिक गतिविधी शुन्यप्राय छ ।
४. आधारभुत आवश्यकताहरु, जस्तै पानी र बिजुली, को कुनै ठेगान छैन ।
५. न्याय कानुनको कुनै प्रत्याभुति छैन ।
यति हुंदा-हुंदै पनि चल्न सक्ने देश संसारैमा नेपाल मात्र होला, शायद पशुपतिनाथले नै अहिलेसम्म कल्याण गरेर होला । यही पशुपतिनाथलाई पनि “लोकतन्त्र” को लेबल टांस्न खोज्दा श्री पशुपतिनाथ पनि हार खाएर कतै नेपाल पनि रुवाण्डा र बुरुण्डी को गतिमा पुग्ने त हैन?
सबैलाई चेतना भया !!
This post is metaphoric; it has nothing to do with religion comparisons.