Mall मा अकश्मात करिश्मालाई भेट्दा

बल्टिमोर  मा  धेरै  नेपाली  छन,  नेपाली  कलाकारहरु  पनि  धेरै  छन  रे ।  पुरै  सात  महिना  भयो  Lafayette  बाट  यता  सरेको,  तर  कुनै  पनि  बृहत  नेपाली  कार्यक्रममा  सहभागी  हुन  पाएको  छैन ।  त्यसैले  गर्दा  यता  रहेका  नेपाली  कलाकार  र  नेपाली समाज  संग  खासै  साक्षात्कार  भएको  छैन ।  आज  दिउसो (electronics स्टोर नगै) मल  तिर  गएको  थिएं,  त्यहां  श्रीमती  संग  उसको  लुगा  हेर्दै  बस्दा  फेला  परिन  नेपाली  सिनिमा  को  सबै  भन्दा  लोकप्रिय  नायिका  करिश्मा ।  उनी  पनि  त्यही  ठांउमा  Dress  खोज्दै  रहिछिन ।  एकै  छिन्  त  बिश्वास  नलागेर  श्रीमतीसंग  confirm  गरें । उनलाई  देखेर  म  त  एकै  छिन्  school  boy  blush  भए  झै  भए  र  नर्भस  हुंदै  “नमस्ते  करिश्मा  जि,  तपाईंले  मलाई  चिन्नु  हुन्न  तर  म  भनें तपाईंलाई  obviously  चिन्छु”  भनें । उन्ले  पनि  सहजै  पारमा  “नमस्ते,  अनी  आरामै  हुनु  हुन्छ” भनिन । त्यस  पछी  हामी  आ-आफ्नो  बाटो लाग्यौं ।  हुन  त  बाल्टिमोर  बासिन्दालाई  करिश्मालाई  त्यसरी  भेट्नु  कुनै  ठुलो  कुरा  थिएन,  तर  नेपाली  नै  कम  भएको  Lafayette  बाट  आएको भएर  होला  मलाई  भने  खुब  रमाइलो  लाग्यो ।

karishma

झन्दै  चार  दशक  पुग्न  लागेकि  करिश्मा  मैले  LUX  साबुनको  बिज्ञापनमा  देखेको, वा  मायालु  भन्ने  सिनेमा  मा  देखेको  भन्दा  खासै  फरक  पाईन। अझ  सिनेमा  मा  भन्दा  बहिर  पो  राम्री  हो  कि  जस्तो  लाग्यो । क्यामरा  त  थिऍन  तर  फोनको  क्यमरा  प्रयोग  गर्न  पनि  बुद्धि  पुगेन ।

नेपाली   कलाक्षेत्रको   दुर्भाग्य  (वा  के  हो)  उनि   लगायत  धेरै  कलाकारहरु  बिदेश  पलायन  भएका  छन्, तर  उनिहरुको   पनि   त   आ-आफ्नै  इक्षा  र  आकांक्षा  होलान् ।

Photo Source: Nepal News

Advertisement

3 Comments on “Mall मा अकश्मात करिश्मालाई भेट्दा”

  1. Basanta says:

    मैले करिश्माका फिल्म २ वटा भन्दा बढी हेरेको छैन, ती पनि धेरै पूराना; सन्तान र मायालु। अभिनय त त्यस्तै-त्यस्तै हो।
    करिश्मा विदेशिनुपर्ने आर्थिक कारण भने थिएन भन्छन् सबै। फेरि क्यारीयरका हिसाबले पनि उनी उचाइमै थिईन्।

    राम्रीचाहिँ निकै राम्री लाग्छिन् मलाई पनि:)

  2. Scube Diver says:

    STUPID HO KI REALLY BUDHO HO? 4 DASAK PUGNA LAGYO KARISHMA LAI DEKHEKO? MAANE TIMRO UMER GODA 45 BARSHA JATI PUGNA LAGECHHA KI KE HO GAATHE LAUNA PRABHU!! AGHIKO COMMENT TA DELETE GARDISAKECHHAU, TIMI KATTI STUPID RAHECHHA HAAWA MA TEER HANNE RAICHHA BHANNE KURA LAI MATRA DARSHAUNA KHOJEKO HAI MAILE, YESMA NI KARISHMA LAI DEKHEKO JHANDAI 4 DASAK HUNA LAGYO RE HAHAHA, KARISHMA WAS FIRST SEEN IN A MOVIE CALLED SANTAAN AND ITS NOT MORE THAN 2.5 DECADES SINCE THEN, MR FOOLJJWAL. THULO SAHAR PASESI JHAN BUDHHI BHRASTA BHAYECHHA TIMRO, LOL.

  3. Prajwol says:

    Scube Driver जि ,

    कुरो र कुलो जता लगे नि हुन्छ । म ४० बर्ष अलि पुगिसकेको छैन :)

    हाम्रो misunderstanding भएको कुरा झन्डै ४० बर्ष पुग्न लागेकी करिश्मा अझै पनि राम्री रहेछिन भन्ने मेरो आशयमा हो । ठ्यक्कै उमेर त उनको थाहा भएन, यहाँले भन्नु भए झै उनेको पहिलो चलचित्र २.५ दशक अघी आएको रहेछ, भने पछी १५ बर्ष कै उमेरमा त्यो चलचित्र खेलेको रहेछिन भने पनि उमेर र आहिले ४० पुग्यो होला नि त?


Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.