Getting by
Posted: May 13, 2009 Filed under: Let the picture speak 6 Comments »I was out in a road trip late last week and early this week. I have lot to catch up with my work and other chores after returning. Hence, I haven’t been able to write new post or follow fellow bloggers lately.
So just to announce that I still exist in the blogosphere I have decided to get away with a picture
Following is a picture of a Methodist Church I took in Macon, Georgia. There were scores of people below, so I just framed the picture above them.

अझै केही बिग्रेको छैन
Posted: May 4, 2009 Filed under: Creeping frustrations, News/information and opinion 6 Comments »संविधान सभाको चुनाव मुलत संविधान बनाउन जनताको प्रतिनिधि छनोटका लागि थियो, सरकार बनएर “अग्रगामी छल्याङ” मार्नको लागि थिएन । त्यसैले हे नेपालको राष्ट्रपती, अब सरकार बनाउन नागरिक समाजलाई देउ ।
अन्तरिम संविधान भनेको संक्रमनकालिन हुन्छ, त्यसैले पूर्ण संविधानको को निर्माण तिर बल पुराउन जरुरी छ । फेरी कुनै राजनैतिक पार्टिले नै सरकार बनाउने हो भने संविधान निर्माणमा भन्दा पनि राजनैतिक भर्ती मा नै बल दिन सुरु गर्छन् । सरकारको कुर्सी खै किन हो बांदरको हातको निलो नरिबल जस्तो भएको छ । बहिर जति सुकै खोके पनि सरकारमा गए पछी जुन जोगी आए पनि कान चिरेको जस्तो भएको छ ।
एक चोटि संविधान बने पछी हुने आम चुनावमा जनताले आफ्नो विवेकको सहि प्रयोग गर्नु पर्छ । सबै उमेद्बार उस्तै जोकरहरु मात्र छन भने स्वतन्त्र उमेद्बारको रुपमा कसैलाई उठाउन तर्फ लाग्नु पर्छ, जनताले नै मिहेनत नगरे सम्म यि जोकरहरु बाट आश गर्नु ब्यर्थ हो भनेर शायद सबैले अब बुझिसकेको हुनु पर्छ । कुनै राजनैतिक पार्टीको झन्डा बोक्नु पहिले नेपालको झन्डा बोक्नु जरुरी छ ।
जय नेपाल ।