संविधान सभाको चुनाव मुलत संविधान बनाउन जनताको प्रतिनिधि छनोटका लागि थियो, सरकार बनएर “अग्रगामी छल्याङ” मार्नको लागि थिएन । त्यसैले हे नेपालको राष्ट्रपती, अब सरकार बनाउन नागरिक समाजलाई देउ ।
अन्तरिम संविधान भनेको संक्रमनकालिन हुन्छ, त्यसैले पूर्ण संविधानको को निर्माण तिर बल पुराउन जरुरी छ । फेरी कुनै राजनैतिक पार्टिले नै सरकार बनाउने हो भने संविधान निर्माणमा भन्दा पनि राजनैतिक भर्ती मा नै बल दिन सुरु गर्छन् । सरकारको कुर्सी खै किन हो बांदरको हातको निलो नरिबल जस्तो भएको छ । बहिर जति सुकै खोके पनि सरकारमा गए पछी जुन जोगी आए पनि कान चिरेको जस्तो भएको छ ।
एक चोटि संविधान बने पछी हुने आम चुनावमा जनताले आफ्नो विवेकको सहि प्रयोग गर्नु पर्छ । सबै उमेद्बार उस्तै जोकरहरु मात्र छन भने स्वतन्त्र उमेद्बारको रुपमा कसैलाई उठाउन तर्फ लाग्नु पर्छ, जनताले नै मिहेनत नगरे सम्म यि जोकरहरु बाट आश गर्नु ब्यर्थ हो भनेर शायद सबैले अब बुझिसकेको हुनु पर्छ । कुनै राजनैतिक पार्टीको झन्डा बोक्नु पहिले नेपालको झन्डा बोक्नु जरुरी छ ।
जय नेपाल ।


चित्त बुझ्यो ।
एकदमै चित्त बुझ्यो मलाई पनि !!! संविधान निर्माणमा लाग्ने एक्ला मान्छे सुवास नेम्वाङ मात्रै हुनेभए देशमा !!
संविधान बनाउने नियत नभइ, सत्तामा मोज गर्ने सोचाइ राखेपछि यस्तै नै हुन्छ ।
अब, हेर्दै जाउँ !
प्रयोगात्मक हिसाबले सफल हुनसक्ने भए पनि सिद्धान्तगत हिसाबले नागरिक समाजले संबिधान बनाउन मिल्दैन नै तर तपाईको
जनताले नै मिहेनत नगरे सम्म यि जोकरहरु बाट आश गर्नु ब्यर्थ हो
भन्ने वाक्य भने २००% सहि छ।
(साँच्चै, तपाईको ब्लगमा नेपालीमा लेखीएको पहिला देखेको थीईन जस्तो लाग्यो, यसपाली नेपालीमा पढ्दा रमाईलो लाग्यो
संविधान बनाउने त तिनै निर्वाचित जोकरहरुले नै हो, नागरिक समाजको सरकार त खाली adminstrative purpose को लागि मात्र हो । के गर्नु सरकार र कुर्सी को distraction नभए खुरु खुरु संविधान बनाउन तर्फ लाग्थे कि भन्ने मात्र मेरो आशय हो । ६०१ जना निर्वाचित “संविधानविध” हरुलाई काम गर्ने मौका पनि त दिनु पर्यो । फेरी केही काम गर्नु पाएको छैन खाली तलब र भत्ता मात्र खाइरहेका छौं भनेर बिचराहरुलाई आत्माग्लानी पो भै रहेको छ कि
हुन्छ त्यसतालाई आत्मग्लानी ? आनन्द भइराको छ तिनीहरूलाई सितैँमा भत्ता पड्कार बस्न पाका छन् । मन नै भए र सदनको बैठकमा पनि सधैँ सबै उपस्थित हुनुपर्ने । आधाजस्तो सदन त खाली देखिन्छ । यी ६०१ ले बनाउँछन् त संविधान ? यिनीहरूको काम त टेबल ठोक्ने मात्रै हो । पार्टीका नेताले जे निर्णय गर्छन् त्यसमा भोट हाल्यो अनि संविधान लेख्ने जिम्मा अर्का मान्छेलाई दियो । त्यसले संविधान लेखेर सुनाउँछ अनि ६०१ ले टेबल ठटाउँछन् त्यति हो यिनीहरूको काम !!