सांझ ५ बजेको भेलामा सबै जसो नै आइ पुगीसकेका रहेछन, बिचरा एक जना भण्डारी दाजु सबै केटीहरुको माझ रहेर आफ्नो बुढीलाई सहयोग गर्दै रहेछन; कहिले oven मा मासु हाल्ने त कहिले trash फ्यांक्न जाने । तिजको एक हप्ता अगावै “दर” भनेर दरो कक्टेल पार्टिको तयारी गरेकी रहेछिन भण्डारी भाउजुले । एक छिन सबैले एक अर्काको खोज-खबर / hi-hello गरे, अनि त्यस पछी appetizer र wine संगै सुरु भइ हाल्यो आइमाइहरुको favorite topic: कसको दु:ख बढी दु:ख, र कसको बुढो झेल्न गार्हो
Archive for August, 2009
म: अनि साथी, काम कुरो मिल्यो कि ground work सम्म भए पनि सकेर आयौ ?
साथी: खै साथी के मिलेन के मिलेन । केही टुङो पनि लागेन, न त कुनै ground work पनि फिजाउन सकियो ।
म: Ground work पनि भएन? केही नभए पनि बिउ त कम से कम छर्केर आयौ कि जस्तो लागेको थियो ।
साथी: कहाँ साथी; पानी नपरेर कस्तो सुख्खा थियो, केही रोपनी हुनै पाएन नि ।
म: सुख्खा त हुनु नपर्ने, धेरै fertile छ भनेर पो सुनेको थिए ।
साथी: २०-२२ बर्षको मात्र fertile हो साथी, हाम्रो उमेरको लागि सुख्खै सुख्खा हो ।
म: त्यो त साथी अब जति ढिलो गर्यो उति नै गार्हो हुँदैं जाने त हो नि । २४-२५ बर्ष सम्म भए तिमीलाई ठीक हुन्न र?
साथी: अलि पढे लेखेको २४-२५ बर्षका सबै बाहिर, बाँकी रहेका २४-२५ बर्षकाहरु कि त पढ्न नसकेर बहिर जान नसकेका वा तिनीहरुका आ-आफ्नै २७-२८ का रहेछन ।
म: लौ न, फेरी यतैकालाई झनै गार्हो होला ?
साथी: गार्हो रहेछ । मैले धेरै जना बाट सुनेको, आजकाल काठमाडौंमा केटीहरुको कमि पनि छ रे ।

