: अनि साथी, काम कुरो मिल्यो कि ground work सम्म भए पनि सकेर आयौ ?

 साथी: खै साथी के मिलेन के मिलेन । केही टुङो पनि लागेन, न त कुनै ground work पनि फिजाउन सकियो ।

: Ground work पनि भएन? केही नभए पनि बिउ त कम से कम छर्केर आयौ कि जस्तो लागेको थियो ।

साथी: कहाँ साथी; पानी नपरेर कस्तो सुख्खा थियो, केही रोपनी हुनै पाएन नि ।

: सुख्खा त हुनु नपर्ने, धेरै fertile छ भनेर पो सुनेको थिए ।

साथी: २०-२२ बर्षको मात्र fertile हो साथी, हाम्रो उमेरको लागि सुख्खै सुख्खा हो ।

: त्यो त साथी अब जति ढिलो गर्‍यो उति नै गार्हो हुँदैं जाने त हो नि । २४-२५ बर्ष सम्म भए तिमीलाई ठीक हुन्न र?

साथी: अलि पढे लेखेको २४-२५ बर्षका सबै बाहिर, बाँकी रहेका २४-२५ बर्षकाहरु कि त पढ्न नसकेर बहिर जान नसकेका वा तिनीहरुका आ-आफ्नै २७-२८ का रहेछन ।

: लौ न, फेरी यतैकालाई झनै गार्हो होला ?

साथी: गार्हो रहेछ ।  मैले धेरै जना बाट  सुनेको, आजकाल काठमाडौंमा केटीहरुको कमि पनि छ रे ।

: अनि काठमाडौं बाहिर के छ नि status ?

साथी: छोटो बिदामा गएको, काठमाडौं बाहिर जानै पाइएन नि ।

: तैपनी, खोजिदिने स्रोतहरु थिए होला नि?

साथी: एउटा मेरो cousin ले मलाई चितवान लिएर जाने वाला थियो, उसको बुढीको साथीहरु छन भनेर, तर  जान मिलेन ।

: हरे ।

साथी: आठ बर्ष अमेरिका बसेर आएकोलाई काठमाडौंमा भन्दा चितवनमा पो बढी भाउ दिन्थे कि ?

: त्यही त :)

साथी: काठमाडौंमा त आजकाल कति बर्ष अमेरिका बस्यो भन्दा नि अमेरिकामा के गर्छ, कुन भिषामा छ, आदी जान्न खोज्दा रहेछन ।

: बाफ रे !

साथी: उनिहरुले केटो कतै gas station मा त काम गर्दैन, वा २ बेडरुम अपार्टमेन्टमा कतै ४ जना त बस्दैनन भनेर बुझ्न खोजेका होलान ।

: छोरी दिने कुरो, सबै राम्ररी बुझ्नै पर्‍यो नि ।

साथी: तर मलाई केही छैन, म ति test हरु सजिलै पास गर्छु । अझै थाहा छ मेरो छिमेकी पाण्डे जि ले के भन्नु भयो नेपालमा ?

: के भन्नु भयो ?

साथी: “ओ हो बाबु, एस्तो सलक्क परेको हुनु हुंदो रहेछ, काम पनि राम्रै गर्नु भाको होला, के कमि हुन्छ र केटी को ” रे ।

: अनि ?

साथी: “एक दुई दिन भेट्ने, ice cream खान लैजाने, अर्को दिन pizza खान लैजाने । अनि मन मिली हाल्छ । बरु छिटो गर्नुस, धेरै दिन छैन रहेछ ” रे ।

: लौ न :D

साथी: पाण्डे जि ले यसरी बोले की ३-४ दिनमा मेरो बिहे नै गर्दिन्छु जस्तो । जिन्दगी बिताउने कुरो राम्रेरी नचिने त कसरी गर्नु भनेको त, “लौ बाबु, हाम्रो पालामा त जग्यमा पनि अनुहार देख्न पाइंदैन थियो” रे । केही छिन पछी वहाँसंग बोलेर सकिन्न जस्तो लागेर आफैं कुरो मोड्नु पर्‍यो ।

: तिमीले कोही केटी हेर्नै गएनौ त?

साथी: ओ हो साथी त्यसको त आफ्नै कथा छ । के र कसरी मात्र गरिन मैले केटी हेर्न जाने काम । एक्लै गएर भेट्न गार्हो हुने रहेछ, मेरो बा आमा र केटीको पनि बा आमा संगै नै भेट्नु पर्ने रहेछ । फेरी कुरा अलि अगाडि नबढी घरैमा नै गएर भेट्न पनि नमिल्ने रहेछ ।

: अनि कहाँ भेट्ने त त्यसो भए ?

साथी: कहिले मन्दिरमा भेटियो, कहिले कृष्ण पाउरोटीको अगाडि, कहिले गाणगौर मिठाइ भण्डारमा, कहिले जय नेपाल सिनेमाहलको गेटमा, आदि । एकदिन बाहिर पानी परी रहेको थियो, आज त कतै जानु पर्दैन भनेर खाटैमा सुती बसेको थिएं । बा आएर “के दारी नकाटी फोहरी भएर बसेको? नयाँ कुरा आएको छ, छिटो हिंड” भनेर लागि हाले :(

: त्यत्रो हेर्दा पनि कुनै केटी पनि मन परेन ?

साथी: सुरुमा मन त धेरै नै परेका थिए, तर एकदिन सबै जाना संग मिलेर भेटेको भरमा बिहे गर्ने कि नगर्ने भनेर कसरी भन्ने? भोली एक्लै भेट्छु भन्दा न मेरो घरमा मान्ने न त केटीकै घरमा । “फेरी किन भेटी रहनु पर्‍यो, हिजो मात्र भेटेको हैन” रे । मलाई सबै भन्दा मन नपर्ने त कुरा लिएर आउने नातेदारहरु हुन, उनिहरुले भनेको केटी मन परेन भने उनिहरुलाई नै मन नपराएको जस्तो । एक जना संग कुरा अलि अघि बढ्ला कि जस्तो भएको थियो, तर केटीको बा र मेरो काइंलो मामाको पहिले कालेज पढ्दा अलि ठाकठुक परेको रहेछ ।

: ओ हो, सार्है गार्हो पो भएछ त ।

साथी: तेही त परार साल पनि त्यस्तै भयो, hopefully अर्को पाली कुरो मिल्छ कि !!

: मिल्छ साथी, पक्कै मिल्छ ।