गफ
Posted: August 10, 2009 Filed under: Scratch of my head 6 Comments »म: अनि साथी, काम कुरो मिल्यो कि ground work सम्म भए पनि सकेर आयौ ?
साथी: खै साथी के मिलेन के मिलेन । केही टुङो पनि लागेन, न त कुनै ground work पनि फिजाउन सकियो ।
म: Ground work पनि भएन? केही नभए पनि बिउ त कम से कम छर्केर आयौ कि जस्तो लागेको थियो ।
साथी: कहाँ साथी; पानी नपरेर कस्तो सुख्खा थियो, केही रोपनी हुनै पाएन नि ।
म: सुख्खा त हुनु नपर्ने, धेरै fertile छ भनेर पो सुनेको थिए ।
साथी: २०-२२ बर्षको मात्र fertile हो साथी, हाम्रो उमेरको लागि सुख्खै सुख्खा हो ।
म: त्यो त साथी अब जति ढिलो गर्यो उति नै गार्हो हुँदैं जाने त हो नि । २४-२५ बर्ष सम्म भए तिमीलाई ठीक हुन्न र?
साथी: अलि पढे लेखेको २४-२५ बर्षका सबै बाहिर, बाँकी रहेका २४-२५ बर्षकाहरु कि त पढ्न नसकेर बहिर जान नसकेका वा तिनीहरुका आ-आफ्नै २७-२८ का रहेछन ।
म: लौ न, फेरी यतैकालाई झनै गार्हो होला ?
साथी: गार्हो रहेछ । मैले धेरै जना बाट सुनेको, आजकाल काठमाडौंमा केटीहरुको कमि पनि छ रे ।
म: अनि काठमाडौं बाहिर के छ नि status ?
साथी: छोटो बिदामा गएको, काठमाडौं बाहिर जानै पाइएन नि ।
म: तैपनी, खोजिदिने स्रोतहरु थिए होला नि?
साथी: एउटा मेरो cousin ले मलाई चितवान लिएर जाने वाला थियो, उसको बुढीको साथीहरु छन भनेर, तर जान मिलेन ।
म: हरे ।
साथी: आठ बर्ष अमेरिका बसेर आएकोलाई काठमाडौंमा भन्दा चितवनमा पो बढी भाउ दिन्थे कि ?
म: त्यही त
साथी: काठमाडौंमा त आजकाल कति बर्ष अमेरिका बस्यो भन्दा नि अमेरिकामा के गर्छ, कुन भिषामा छ, आदी जान्न खोज्दा रहेछन ।
म: बाफ रे !
साथी: उनिहरुले केटो कतै gas station मा त काम गर्दैन, वा २ बेडरुम अपार्टमेन्टमा कतै ४ जना त बस्दैनन भनेर बुझ्न खोजेका होलान ।
म: छोरी दिने कुरो, सबै राम्ररी बुझ्नै पर्यो नि ।
साथी: तर मलाई केही छैन, म ति test हरु सजिलै पास गर्छु । अझै थाहा छ मेरो छिमेकी पाण्डे जि ले के भन्नु भयो नेपालमा ?
म: के भन्नु भयो ?
साथी: “ओ हो बाबु, एस्तो सलक्क परेको हुनु हुंदो रहेछ, काम पनि राम्रै गर्नु भाको होला, के कमि हुन्छ र केटी को ” रे ।
म: अनि ?
साथी: “एक दुई दिन भेट्ने, ice cream खान लैजाने, अर्को दिन pizza खान लैजाने । अनि मन मिली हाल्छ । बरु छिटो गर्नुस, धेरै दिन छैन रहेछ ” रे ।
म: लौ न
साथी: पाण्डे जि ले यसरी बोले की ३-४ दिनमा मेरो बिहे नै गर्दिन्छु जस्तो । जिन्दगी बिताउने कुरो राम्रेरी नचिने त कसरी गर्नु भनेको त, “लौ बाबु, हाम्रो पालामा त जग्यमा पनि अनुहार देख्न पाइंदैन थियो” रे । केही छिन पछी वहाँसंग बोलेर सकिन्न जस्तो लागेर आफैं कुरो मोड्नु पर्यो ।
म: तिमीले कोही केटी हेर्नै गएनौ त?
साथी: ओ हो साथी त्यसको त आफ्नै कथा छ । के र कसरी मात्र गरिन मैले केटी हेर्न जाने काम । एक्लै गएर भेट्न गार्हो हुने रहेछ, मेरो बा आमा र केटीको पनि बा आमा संगै नै भेट्नु पर्ने रहेछ । फेरी कुरा अलि अगाडि नबढी घरैमा नै गएर भेट्न पनि नमिल्ने रहेछ ।
म: अनि कहाँ भेट्ने त त्यसो भए ?
साथी: कहिले मन्दिरमा भेटियो, कहिले कृष्ण पाउरोटीको अगाडि, कहिले गाणगौर मिठाइ भण्डारमा, कहिले जय नेपाल सिनेमाहलको गेटमा, आदि । एकदिन बाहिर पानी परी रहेको थियो, आज त कतै जानु पर्दैन भनेर खाटैमा सुती बसेको थिएं । बा आएर “के दारी नकाटी फोहरी भएर बसेको? नयाँ कुरा आएको छ, छिटो हिंड” भनेर लागि हाले ![]()
म: त्यत्रो हेर्दा पनि कुनै केटी पनि मन परेन ?
साथी: सुरुमा मन त धेरै नै परेका थिए, तर एकदिन सबै जाना संग मिलेर भेटेको भरमा बिहे गर्ने कि नगर्ने भनेर कसरी भन्ने? भोली एक्लै भेट्छु भन्दा न मेरो घरमा मान्ने न त केटीकै घरमा । “फेरी किन भेटी रहनु पर्यो, हिजो मात्र भेटेको हैन” रे । मलाई सबै भन्दा मन नपर्ने त कुरा लिएर आउने नातेदारहरु हुन, उनिहरुले भनेको केटी मन परेन भने उनिहरुलाई नै मन नपराएको जस्तो । एक जना संग कुरा अलि अघि बढ्ला कि जस्तो भएको थियो, तर केटीको बा र मेरो काइंलो मामाको पहिले कालेज पढ्दा अलि ठाकठुक परेको रहेछ ।
म: ओ हो, सार्है गार्हो पो भएछ त ।
साथी: तेही त परार साल पनि त्यस्तै भयो, hopefully अर्को पाली कुरो मिल्छ कि !!
म: मिल्छ साथी, पक्कै मिल्छ ।
hahaha… साह्रो गफ पो रहेछ त, लौ म नि सहि थपिदिन्छु “पक्कै मिल्छ ।”
Very True
..,nicely written Prajwol
हा हा हा …सत्य घटनामा आधारित गफ जस्तो लाग्यो है मलाई त
एकदमै रमाईलो !
दुई-तीन वाक्यलाई तलमाथि गर्ने हो भने मैले पनि एक-दुईजनासंग यस्तै “गफ” गरेको छु
हा हा हा !! रमाईलो लाग्यो । तपाँईको आफ्नै कुरा “गफ” मा लेख्नु भाको त होईन !!
prajwol, ramailo chha timro guff!! ra baastabikta pani yahi nai ho!!
कमेन्टका लागि सबैलाई धन्यवाद
यो मेरो काहानी पक्कै होइन, तर केही प्रेरणा आफ्नै ब्यक्तिगत जिन्दगीबाट नलिएको पनि होइन
स्थिती यस्तो डरलाग्दो पनि नहोला, बिहे नगरेका साथीहरु अलि आत्ती नै हाल्नु पर्ने स्थिती पनि छैन होला शायद
Pragya di,
thanks for your comment