तिजको दर

teejसांझ ५ बजेको भेलामा सबै जसो नै आइ पुगीसकेका रहेछन, बिचरा एक जना भण्डारी दाजु सबै केटीहरुको माझ रहेर आफ्नो बुढीलाई सहयोग गर्दै रहेछन; कहिले oven मा मासु हाल्ने त कहिले trash फ्यांक्न जाने । तिजको एक हप्ता अगावै “दर” भनेर दरो कक्टेल पार्टिको तयारी गरेकी रहेछिन भण्डारी भाउजुले । एक छिन सबैले एक अर्काको खोज-खबर / hi-hello गरे, अनि त्यस पछी appetizer र wine संगै सुरु भइ हाल्यो आइमाइहरुको favorite topic: कसको दु:ख बढी दु:ख, र कसको बुढो झेल्न गार्हो :D

एक जनाले सुरु गरि हाली “मेरो बुढोले यस्तो घुर्छन कि निंद्रा लाग्न त महाभारत नै हुन्छ”। अर्कोले थपिन “त्यती त के नै भयो र बहिनी, मेरो बुढाले झन यस्तरी घुर्छन म त परै जावोस छिमेकीलाई पनि निंद्रा पर्न गार्हो हुन्छ”।  भेडा भेडा सित र बाख्रा बाख्रा सित भने झैं, आफ्नो interest अनुसार बुढाको कुरो काट्ने पनि त्यहां ४-५ वटा ग्रुप बन्यो । एउटाले भनी “मेरो बुढो TV हेरेको बेला त बोल्नु नै बेकार छ, जे सोध्यो पनि हो-हुन्छ भन्छन, अनी पछी मैले कहिले त्यसो भनें भनेर गर्जिन्छन्”। अर्कीले थपिन “फुटबल आएको बेला मेरा ले त सिन्को पनि भांच्दैनन् भन्या” । “मेरो पनि त्यस्तै हो, उसको फुटबल आए म पनि पल्टेर Novel पढ्न थाल्छु, लौ जा त भोक लाग्ने मलाई मात्र होइन क्यारे” अर्कीले फेरी थपिन; “अझ अफिसबाट संगै फर्कियो, आफु खुसुक्क सोफामा बसेर मलाई भने त्यो अस्तिको जस्तो मिठो चिया बनाएर ल्याउ त रे”।

उता अर्को समुह भने आफ्नो बुढाको खाने बानी को गुनासो गरी रहेका थिए । एउटीले भनी “मेरो बुढो यती खान्छन कि म यिनी खान बांचेका हुन कि बाँच्नलाई खाएका हुन छुट्टाउनै सक्दिन, अझ आज दर खाएर फर्कने बेला यहाँबाट केही खाने ल्याइदेउ है रे” । अर्कोले थपी “मेरो बुढो त झन यती धेरै र यती छिटो खान्छन, अनी खान सकेर मेरो थालमा खानै नपाएको झैं ट्वाल्ल परेर हेरेर बस्छन” । अर्की पनि के कम, सुनाइ हाली “मेरो बुढो मासु बाहेक त अरु कुरो खाना नै हैन जस्तो गर्छन्, birthday मा पनि सिंगै कुखुरा पोलेर लौ यही हो मेरो birthday cake भनेर काटे” ।

सबैको कुरा सुन्दै भण्डारी दाजु र भाउजु, कहिले एक अर्काको मुख हेर्दै त कहिले एक्लै मुस्कुराउंदै, भान्साको काम मा लागि रहेका थिए । सुरुमा त खुब रमाइ रहेका भण्डारी दाजुलाई बिस्तारै बिस्तारै गार्हो हुन थालेछ कि के हो, “मेरो नेपालमा फोन गर्नु छ” भन्दै कलिङ कार्ड टिपेर घर बाहिर निस्के । दाजु बाहिर निस्किएका मात्र के थिए, भण्डारी भाउजु जोस्सिंदै ठुल-ठुलो स्वारमा भन्न थाली हालिन “ए मोरिहरु हो, तिमीहरुको बुढाको के कुरा र, मेरो बुढोले ले त झन ……………………..”

माथिको टांसो नितान्त एक हांसो र ब्यङ्य मात्र हो ;)

सन्दर्भ तिज:  म आफुलाई भोको राखेर पतीको दिर्घायुको कामना गर्न मिल्छ (वा पर्छ) भन्ने मान्यतामा विश्वाश गर्दिन । यदी ब्रतनै बस्ने भए पनि रहरले बसुं, करले हैन । खानै नखानु भन्दा एक दिन भए पनि स्वस्थ र शाकाहारी खाएर हेरौं ।  
तिथिले मेरो जन्म तिजकै दिन भएको हो । आफ्नो जन्मदिन व्यभारिकता का कारण मिती अनुसार नै माने पनि, तिजको तिथी हेर्न पात्रो पल्टाइ रहनु नपर्ने भएकाले घरतिर भने सबै तिथी अनुसार नै मान्छन । सानै देखी घरका महिलाहरुले “के गर्ने बाबु, हेर तेरो जन्मदिनमा हामीले केही खानु हुन्न” भनेको सुन्दै हुर्किएकोले पनि होला मलाई तिजमा भोक भोकै बसेको खासै मन पर्दैन । 

म यसै टांसो मार्फत  समस्त नेपाली महिलाहरुलाई ‘निरोगी’ तिजको शुभकामना प्रकट गर्न चाहन्छु ।

Image Source: http://www.hotelshangrila.com/pokhara/uploads/festival/398059471255.jpg

Advertisement

7 Comments on “तिजको दर”

  1. Gurkha says:

    great one! prajwol ji. Loved the comments from the wives.

    Tara ma sochdai chu ki, you teej ma matrai ho ki sadhai jaso nai hune ho. Patta lagyo bhane, kripaya malai pani bhanidinu hola.

    Ani, Tapai ko dharana prati ma pani sahamat chu. “Reverse Teej,” athawa purushle bhoko basnu parne chaad bhako bhaye kasto hunthiyo hola hai?

  2. Suravi says:

    g8888 Pj…kata kata bhandary buda budi lai chiney chiney lagyo malaye…;)

  3. Basanta says:

    हा हा हा! साह्रै हँसाउनुभयो!

    महिलाहरुको जमघटको एउटा प्रमुख विषय आ-आफ्ना बूढाको कुरा काट्नु पनि हो।झन् तीजको बेलामा त—

  4. Lalit Man says:

    Hasayo, kasta kasta huncha manche haru – aafoo chito khayera budi ko plate ma herera basne, birthday ma pani kukhura ko kek katne……sarai hasayo.

  5. सुरु देखी नै रमाईलो मान्दै पढ्दै थीएँ, अन्तको:
    “ए मोरिहरु हो, तिमीहरुको बुढाको के कुरा र, मेरो बुढोले ले त झन ……..” भन्ने लाईनमा पुगेपछि भने मज्जाले हाँसें ।

    जन्मदिनको शुभकामना सहित !

    दिलीप आचार्य

  6. Pratigya says:

    Hahaha…i like, i like…I will show it to my buda as well, kata kata dekheko suneko jasto lagcha hola..:)

  7. Prajwol says:

    गुर्खा जि,
    खै तिजमा मा मात्र त्यस्तो हो कि अरु बेला पनि त्यस्तै हो भनेर अली ठोकुवा नै गर्न सक्ने बेला मेरो अलि भैसकेको छैन ;) तर reverse तिजको कुरो भने रमाइलो लाग्यो । कुनै बेला केही फुर्ये त्यस बारेमा पनि केही लेख्ने जमर्को गरुंला ।

    सुरभी,
    खै तिनीहरु को हुन मलाई त थाह छैन :) तर सबैले आ-आफ्नै हिसाबले चिन्न खोज्दा रहेछन भन्ने कुरो भने थाह पाएं ;)

    बसन्त जी,
    त्यो त पक्कै हो । मैले अलि धेरै मसला हालेको हो, तर धेर थोर त भै रहने रहेछ । तर पुरुषहरु को कमजोरी भएर न त महिलाले कुरो काट्ने मौका पाएका हुन भनेर पनि सिक्नै पर्ने रहेछ :D

    ललित मान जी,
    ठ्यक्कै त्यस्तै त धेरै कम होलान, लेखको लागि अलि spiced up गरेको मात्र हो :P

    दिलिप जी,
    शुभकामनाको लागि धेरै धन्यवाद । मलाई पनि त्यो अन्तिम लाइन खुब मन परेको छ, यो प्लटको मुटु (वा punch line) भनेको नै त्यही हो जस्तो लाग्छ :)

    Pratigya,
    I was surprised with the few verbal feedbacks I got, where most saw some resemblance in this plot. It seems most of us live similar lives. Beware, new Football season is heating up :D

    समग्रमा सबैलाई यो टांसो मन पराइदिनु भएकोमा फेरी धन्यवाद ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.